सत्ता पक्ष नै आचारसंहिता उल्लंघनमा « Khabarhub

सत्ता पक्ष नै आचारसंहिता उल्लंघनमा


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– १२ असोजदेखि निर्वाचन आचारसंहिता २०७९ लागू छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन आचारसंहिता जारी गरे पनि रूपन्देहीमा सत्ता पक्ष पनि उल्लंघनमा अगाडि देखिएको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कसैलाई छुट नहुने भनिरहँदा पनि सत्ताको आडमा केहीले संरक्षण पाएका छन् भने केही स्पष्टीकरणको भागीदार बनेका छन् ।

निर्वाचनलाई अस्वाभाविक भड्किलोपन प्रदर्शन नहोस् र खर्चको सीमामा उम्मेदवारले निर्वाचन सम्पन्न गराउन आयोग लागे पनि आचारसंहिताविपरीत गतिविधि गरेको आठजनालाई रूपन्देहीमा स्पष्टीकरण सोधिएको छ । निर्वाचन आचारसंहिता अनुगमन समितिले आगामी ४ मङ्सिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्ने उजुरी र सूचनाको आधारमा सत्ता पक्ष ६ दलीय गठबन्धनका रूपन्देही- ५ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका भरत शाह, सोही क्षेत्रबाट प्रदेश सभा ९ख० का उम्मेदवार नेपाली कांग्रेसका फाकरुद्दीन खानलाई रंगीन पोस्टर टाँसेको, पाँचदलीय गठबन्धनको समर्थनमा उम्मेदवार बनेका रूपन्देही २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले कलर भिजिटिङ कार्ड वितरण गरेकोमा समितिले स्पष्टीकरण सोधेको हो ।

रूपन्देही ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हाम्रो नेपाल पार्टीका भीष्मकुमार राना र रूपन्देही ३ जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रमोदकुमार राउत , प्रदेशसभा (क) का सलाउद्दीन आलमलाई लिखित स्पष्टीकरण सोधिएको आचारसंहिता अनुगमन समिति रुपन्देहीका संयोजक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।

रोहिणी गाउँपालिकाले कुस्ती प्रतियोगिता गराई पुरस्कार वितरण गरेको भन्दै पालिका प्रमुख र प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधिएकोमा जवाफ आइसकेको छ । चार वटा लिखित उजुरी र सूचनाको आधारमा एक स्थानीय जनप्रतिनिधि, एक प्रशासकीय अधिकृत र ६ उम्मेदवार सबैलाई बेग्लाबेग्लै पत्र समितिले पठाएको छ ।आचारसंहिता उल्लंघन भए कारबाही प्रक्रिया अघि बढाइने समितिले जानकारी दिएको छ ।

आचारसंहिता उल्लंघन गर्नेमा नेपाली कांग्रेस नै अगाडि रहेको छ । अरु उम्मेदवार पनि त्यसैलाई आधार बनाएर गरिरहेका छन् । सबैलाई दायरामा ल्याउन समिति लागे पनि सोचेअनुरूप कारबाही गर्न नसकिएको समितिका एक सदस्यले जानकारी दिए । ‘हामीले कसैलाई काखा कसैले पाखा गर्न मिल्दैन फोनमार्फत धेरै उजुरी आएको छ, प्रशासनबाट पनि अझै केही समय पर्खौँ भन्ने कुरा आएको छ,’ उनले भने ।

ब्यानर लगाएर डिजे बजाउने, बालिका नचाउने, कार्यपालिका पदाधिकारी र सदस्यहरू प्रचारमा हिँड्ने, चुनाव चिन्हसहित चकलेट बाँड्ने, पोस्टर तथा ठूल्ठूला ब्यानर लगाउने, आक्षेपपूर्ण अभिव्यक्ति दिने, भोजभतेर, अनुमतिबिना सवारीसाधन चलाउने, झण्डा राख्ने जस्ता गतिविधि अधिकांश सत्ता पक्षकै गठबन्धनबाट भइरहेको उजुरी परेको छ ।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (१) मा ‘दफा २२ बमोजिम आयोगले बनाएको आचारसंहिता पालना भए नभएको सम्बन्धमा आयोगले आवश्यकताअनुसार संयन्त्र निर्माण गरी जाँचबुझ तथा अनुगमन गर्न सक्ने’ तथा उपदफा (२) ‘उपदफा (१) बमोजिम जाँचबुझ वा अनुगमन गर्दा कसैबाट आचारसंहिताको उल्लंघन भएको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्नका लागि आयोगले सम्बन्धित राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिनेछ’ भन्ने व्यवस्था छ । उपदफा (३) मा दफाको उपदफा (२) बमोजिम आयोगले दिएको आदेशबमोजिम काम कारबाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई एक लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  १२ : ३६ बजे

एक्सन फिल्मले गर्लान् त रजगज ?

काठमाडौँ- बलिउड फिल्मलाई दक्षिण भारतीय फिल्महरूले छायाँमा पारेका छन् ।

आफ्नै कलहले थला परे प्रतिपक्ष, सदनमा कसले गर्ला सरकारलाई खबरदारी ?

काठमाडौँ- प्रतिनिधि सभामा कायम कुल २७५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी

भोजपुर गोल्डकप : एपीएफ र भोजपुर सेमिफाइनलमा

भोजपुर– भोजपुर गोल्डकपअन्तर्गत सोमबार भएका दुई खेलमा एपीएफ र आयोजक

वीरगञ्ज भन्सारबाट नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

आजको मौसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल