डा. तोसिमा कार्की घरदैलो कार्यक्रममा व्यस्त « Khabarhub

डा. तोसिमा कार्की घरदैलो कार्यक्रममा व्यस्त


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर-३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले आफ्‍नो प्रचारप्रसारलाई निरन्तरता दिइरहेकी छन् । 

निर्वाचन आयोगले उम्मेदवारी खारेजीको माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला उनले आफ्नो प्रचारप्रसारलाई निरन्तरता दिएकी छन् । 

आयोगको डा. कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले तत्काल उम्मेदवारी खारेज नगर्न आदेश दिएको थियो । उक्त आदेश बदर गरि पाउँदै भन्दै आयोगले फेरि सर्वोच्चमै निवेदन दिएको छ । तर, निवेदन विचाराधीन अवस्थामा छ । यही अवस्थामा उनी प्रचारप्रसारमा सक्रिय रहँदै आएकी छन् । 

उनको उम्मेदवारी खारेजीमा माग गरेर परेको रिटमा १५ कात्तिकमा सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो । अदालतले उम्मेदवारी खारेज गर्नुपर्ने कारणबारे आयोगसँग लिखित जवाफ समेत मागेको छ ।

ललितपुर-३ बाट सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी पम्फा भुसालसहितका उम्मेदवारसँग प्रतिस्पर्धामा उत्रिएका कार्कीले घरदैलो कार्यक्रममा मतदाताले देखाएको माया र सद्भावले उत्साहित भएको बताउँदै आएकी छन् ।

घण्टी चुनाव चिह्न लिएर मैदानमा उत्रिएकी उनी ‘स्वस्थ नेपाली सुखी नेपाली’ नारा लिएर मतदाताकोमा पुगेकी छन् । रवि लामिछाने नेतृत्वको सो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरराजनीतिक व्यक्ति राष्ट्रपति, संवैधानिक परिषद् खारेजलगायतका विषय समेटेर वाचापत्र सार्वजनिक गरेको छ । 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  १ : ५६ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय