प्रधानमन्त्री कप क्रिकेट : एपीएफ फाइनलमा प्रवेश « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ फाइनलमा प्रवेश


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शसस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । किर्तिपुरस्थित  त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । 

मधेश प्रदेशले एपीएफलाई जितका लागि १२३ रनको लक्ष्य दिएको थियो । जवाफमा एपीएफले २१ दशमलव तीन ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो  । एपिएफका लागि लोकेश बमले सर्वाधिक ३५ रनको योगदान दिए भने प्रदीप ऐरीले ३३ तथा आशिफा शेखले २५ रनको योगदान दिए । त्यसैगरी सुमित मर्हजनले १३ रन जोड्दा सन्दिप जोरा छ रनमा अविजित रहे ।

बलिङतर्फ मधेश प्रदेशका रूपेश सिंहले तीन विकेट झारे भने राजेश यादवले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ३१ ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो । मधेश प्रदेशका लागि रूपेश सिंहले अविजित रहँदै सर्वाधिक ३६ रनको योगदान दिए । सन्तोष कार्कीले २०, इमरान शेखले १६, अनिल साहले १३, आदील आलमले ११  तथा राजेश यादवले १० रन बनाए ।

एपीएफका कमल ऐरी एक्लैले चार विकेट लिए भने भुवन कार्की र मौसम ढकालले समान २-२ विकेट झारे । भोलि हुने दोस्रो सेमिफाइनल खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल भने शनिबार हुनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  २ : ५६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु