प्रचण्डले नेकपाको एकता तोडे : ओली « Khabarhub

प्रचण्डले नेकपाको एकता तोडे : ओली


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले नेकपाको एकता तोडेको आरोप लगाएका छन् । बिहीबार झापा क्षेत्र नम्बर ४ , सिबगन्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एकठाँउमा बस्ने नसक्ने प्रचण्डको चुलबुले बानीका कारण नेकपाको एकता तोडेको आरोप लगाएका हुन् ।

पार्टी एकीकरण गरिसकेपछि एकतावद्ध पार्टीमा बसेर देश बनाउनुपर्नेमा केही कार्यकर्तालाई प्रचण्डले अल्मलाएर आफैसँग लगेको उनको भनाई छ । उनले माओवादीका केही नेताहरूले पार्टीलाई पारिवारिक चंगोल बनाएको तर्क गरे ।

अध्यक्ष ओलीले एमालेको देश बनाउने बाहेक अन्य कुनै स्वार्थ नभएको भन्दै गठबन्धन छाडेर एमालेमा आउन कांग्रेस र माओवादीका नेता कार्यकर्तालाई आग्रह गरे । त्यस्तै ओलीले एमालेले अघि बढाएको विकासको अभियानलाई अघि बढाउन आगामी निर्वाचनमा जित्नै पर्ने र पाँच वर्ष देश बनाएरै छाड्ने जिकिर गरे ।

ओलीले नेपाल जस्तो देश गरिबी हुनुपर्ने कुनै कारण नै नरहेकोले एमाले सरकारले समृद्ध बनाउने दाबी गरे । यसपटकको निर्वाचनमा केही सिटमा राप्रपासँग भएको तालमेलको सहमतिलाई कार्यान्वयन गर्ने उनले बताए ।

कार्यक्रममा विभिन्न दलका कार्यकर्तालाई अध्यक्ष ओलीले एमाले प्रवेश गराएका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ३ : २९ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा