सेयर बजारमा २३.५२ अंकको गिरावट « Khabarhub

सेयर बजारमा २३.५२ अंकको गिरावट


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजार बिहीबार २३.५२ अंकले घटेको छ । बुधबार २ प्रतिशतले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा पुगेर रोकिएको छ ।

सबै समूहको सेयर बजार घटेर राताम्मै भएकोमा माइक्रोफाइनान्स ५०.५७, जीवन बिमा ६९.७७, विकास बैंक ४८.१, हाइड्रो पावर ४१.१८, होटल तथा पर्यटन २८.२, अन्य ३३.५७ ले घटेको छ । 

ट्रेडिङ २१.७८, निर्जीवन बिमा ८८.५४ अंकले ओरालो लागेको छ । १८५ कम्पनीको कारोबार हुँदा १३ कम्पनीमा मात्र सुधार आएको र १७१ कम्पनीमा भने आरालो लागे र एक कम्पनी मात्र स्थिर रहेको छ । 

नेपाल स्कट एक्सचेन्जका अनुसार ३१ लाख १४ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ बढीमा कारोबार भएको छ । सबैभन्दा धेरै शिभम सिमेन्ट १० करोड २२ लाख ३५ हजार बढी रुपैयाँको सेयर किनबेच भयो ।

 मन्दाकिनी हाइड्रोपावरको सेयर ३.९२ प्रतिशतले, सिन्धु विकास बैंकको २.७७ प्रतिशत घटेको छ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ४ : ०२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु