दार्चुलामा गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा « Khabarhub

दार्चुलामा गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दार्चुला– आसन्न प्रतिनिधिसभा निर्वाचनमा दार्चुलामा  बहाल मन्त्री र पूर्वमन्त्रीबीच चुनावी  प्रतिस्पर्धा हुने देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू र नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य चुनावी भिडन्त हुने देखिएको हो । मन्त्री बडूलाई सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) लगायतको साथ छ भने एमालेका उम्मेदवार ठगुन्ना एक्लै चुनावी मैदानमा छन्।

आसन्न निर्वाचनमा एमालेले कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमित भूमिको मुद्दालाई चुनावी मुद्दा बनाएर केन्द्रीय नेतृत्वलाई नै यहीबाट चुनावी अभियान सुरुवात गरेको थियो । २०७० र २०७४ सालको निर्वाचनमा एमालेबाट ठगुन्ना लगातार दुई पटक निर्वाचित भए।

२०७४ को निर्वाचनमा समानुपातिक सांसद बन्नुभएका मन्त्री बडूलाई यस पटक सत्ता गठबन्धनको दरिलो साथ रहेको बताइन्छ । उनलाई हारको बदला लिने र प्रदेशसभामा सत्ता गठबन्धनका दुवै उम्मेदवारलाई निर्वाचन जिताउनुपर्ने चुनौती छ भने पूर्वमन्त्री गठुन्ना तेस्रो पटक जितलाई निरन्तरता दिने दाउँमा छन्। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार ८९ हजार एक सय ५४ मतदाता रहेको जिल्लामा नौ पालिका रहेका छन् । प्रतिनिधिसभामा यहाँ बडू, ठगुन्नासहित नौ जना उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ । २०७४ सालको निर्वाचनमा पराजित विक्रम सिंह धामी दार्चुला प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट सत्ता गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेदवार हुन् । प्रदेश ‘२’ बाट गठबन्धनले माओवादी नेता एवं सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामी उम्मेदवार छन् । यसैगरी प्रदेशसभा एमालेले ‘१’ मा नेता हरदेव जोशी र ‘२’ मा रामदत्त जोशीलाई उम्मेदवार बनाएको छ । एमाले दार्चुला अध्यक्ष प्रेमसिंह धामीले आफ्नो पार्टी यहाँ निर्वाचन जित्नेमा ढुक्क रहेको बताए ।  

कांग्रेस दार्चुलाका पार्टी सभापति एवं प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार ललित बोहराले दार्चुलामा गठबन्धन सफल हुने दाबी गरे।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ४ : २६ बजे

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि