दार्चुलामा गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा « Khabarhub

दार्चुलामा गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दार्चुला– आसन्न प्रतिनिधिसभा निर्वाचनमा दार्चुलामा  बहाल मन्त्री र पूर्वमन्त्रीबीच चुनावी  प्रतिस्पर्धा हुने देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू र नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य चुनावी भिडन्त हुने देखिएको हो । मन्त्री बडूलाई सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) लगायतको साथ छ भने एमालेका उम्मेदवार ठगुन्ना एक्लै चुनावी मैदानमा छन्।

आसन्न निर्वाचनमा एमालेले कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमित भूमिको मुद्दालाई चुनावी मुद्दा बनाएर केन्द्रीय नेतृत्वलाई नै यहीबाट चुनावी अभियान सुरुवात गरेको थियो । २०७० र २०७४ सालको निर्वाचनमा एमालेबाट ठगुन्ना लगातार दुई पटक निर्वाचित भए।

२०७४ को निर्वाचनमा समानुपातिक सांसद बन्नुभएका मन्त्री बडूलाई यस पटक सत्ता गठबन्धनको दरिलो साथ रहेको बताइन्छ । उनलाई हारको बदला लिने र प्रदेशसभामा सत्ता गठबन्धनका दुवै उम्मेदवारलाई निर्वाचन जिताउनुपर्ने चुनौती छ भने पूर्वमन्त्री गठुन्ना तेस्रो पटक जितलाई निरन्तरता दिने दाउँमा छन्। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार ८९ हजार एक सय ५४ मतदाता रहेको जिल्लामा नौ पालिका रहेका छन् । प्रतिनिधिसभामा यहाँ बडू, ठगुन्नासहित नौ जना उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ । २०७४ सालको निर्वाचनमा पराजित विक्रम सिंह धामी दार्चुला प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट सत्ता गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेदवार हुन् । प्रदेश ‘२’ बाट गठबन्धनले माओवादी नेता एवं सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामी उम्मेदवार छन् । यसैगरी प्रदेशसभा एमालेले ‘१’ मा नेता हरदेव जोशी र ‘२’ मा रामदत्त जोशीलाई उम्मेदवार बनाएको छ । एमाले दार्चुला अध्यक्ष प्रेमसिंह धामीले आफ्नो पार्टी यहाँ निर्वाचन जित्नेमा ढुक्क रहेको बताए ।  

कांग्रेस दार्चुलाका पार्टी सभापति एवं प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार ललित बोहराले दार्चुलामा गठबन्धन सफल हुने दाबी गरे।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ४ : २६ बजे

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी

राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न माग गर्दै झण्डा सम्मान अभियानले आयोगलाई बुझायो ज्ञापनपत्र

काठमाडौं- विभिन्न राजनैतिक दल र दलका उम्मेदवारले नेपाली राष्ट्रिय झण्डाको

स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी