संविधानको रक्षाका लागि गठबन्धन : प्रचण्ड « Khabarhub

संविधानको रक्षाका लागि गठबन्धन : प्रचण्ड


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७० वर्ष लडेर ल्याएको संविधानको रक्षाका लागि अहिलेको वाम-लोकतान्त्रिक गठबन्धन बनेको बताएका छन् । गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको ठूलो बलिदानबाट बनेको संविधान लोकतन्त्रविरोधीबाट धरापमा परेपछि संविधान पक्षधर एकै ठाउँमा उभिएको बताए ।  

‘यो गठबन्धन हामीले प्राप्त गरेको उपलब्धिको रक्षा गर्नुको साटो भत्काउने कोसिस गरेपछि त्यसको रक्षाका लागि बनेको हो’, अध्यक्ष दाहालले भने, ‘अझै पनि बेलाबेलामा प्रतिगामी, यथास्थितिवादी शक्तिले टाउको उठाउने प्रयास गरिरहेका छन् ।’

उनले सबै उत्पीडित आदिवासी जनजातिको पक्षमा लडेर ल्याएको अधिकार कुनै हालतमा गुम्न नदिने बताए । ‘हामीले लडेर महिला, आदिवासी, जनजाति र पिछडिएका वर्गको अधिकार स्थापित गरेका छौँ, म ती अधिकार खोस्न कुनै हालतमा दिन्न, भोट माग्न मात्र आफू गोरखा आएको नभई विकास गतिलाई तीव्रता दिन पनि आएको हुँ’, उनले भने ।

अध्यक्ष दाहालले उत्पीडितको अधिकारको कुरा गर्दा केही उग्रवादीले जातीय साम्प्रदायिकता फैलाउने षड्यन्त्र गरिरहेको आरोपसमेत लगाए। सोही कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गोरखा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा ९२० का उम्मेदवार सुरेन्द्रराज पाण्डेले एमालेले दुईतिहाइ बहुमत जोगाउन नसक्ने एमालेलाई फेरि भोट दिन नहुने बताए । उनले एमालेलाई भोट दिए देश फेरि पाँच वर्ष बर्बाद हुने बताए। 

नेता पाण्डेले वाम-लोकतान्त्रिक गठबन्धनलाई निर्वाचनमा भोट दिएर देशलाई समृद्धिको दिशामा लैजानुपर्ने बताए । उनले समृद्ध राष्ट्र निर्माणका लागि अग्रगामी शक्तिको आवश्यकता रहेको भन्दै अहिले गठबन्धन त्यसै आधारमा बनेको बताए । गोर्खाली जनताले भोलिको प्रधानमन्त्री हुने व्यक्तिलाई अत्याधिक बहुमतले जिताएर पठाउनुपर्ने उनले उल्लेख गरे ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ५ : २५ बजे

एक्सन फिल्मले गर्लान् त रजगज ?

काठमाडौँ- बलिउड फिल्मलाई दक्षिण भारतीय फिल्महरूले छायाँमा पारेका छन् ।

आफ्नै कलहले थला परे प्रतिपक्ष, सदनमा कसले गर्ला सरकारलाई खबरदारी ?

काठमाडौँ- प्रतिनिधि सभामा कायम कुल २७५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी

भोजपुर गोल्डकप : एपीएफ र भोजपुर सेमिफाइनलमा

भोजपुर– भोजपुर गोल्डकपअन्तर्गत सोमबार भएका दुई खेलमा एपीएफ र आयोजक

वीरगञ्ज भन्सारबाट नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

आजको मौसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल