बागलुङ- २ : पौडेल र चालिसेबीच मुख्य प्रतिस्पर्धा « Khabarhub

बागलुङ- २ : पौडेल र चालिसेबीच मुख्य प्रतिस्पर्धा


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बागलुङ-२ लाई विशेष चासोका रूपमा हेरिएको छ । यस क्षेत्रबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल चुनावमा होमिनुभएको छ । पौडेलको प्रतिस्पर्धीका रूपमा नेकपा (एमाले) का उम्मेदवार मञ्जु शर्मा चालिसेलाई लिइएको छ । मन्त्री पौडेलले विसं २०७४ को निर्वाचनमा यही क्षेत्रमा विजयी भएका थिए । त्यसबेला उनी वाम गठबन्धनबाट निर्वाचित भएका थिए । 

अहिले पौडेललाई नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाको साथ छ भने एमाले एक्लै चुनावी मैदानमा छ । अघिल्लो निर्वाचनमा पौडेलले नेपाली कांग्रेसका नरबहादुर पुनलाई आठ हजार नौ सय २२ मतान्तरले पराजित गरेमा थिए । पौडेलले २८ हजार आठ सय २७ मत प्राप्त गर्दा पुनले १९ हजार नौ सय पाँच मत ल्याएका थिए। 

यस क्षेत्रमा छ पालिकाका ४८ वडा पर्छन् । गत स्थानीय तहको निर्वाचन मत परिणामलाई हेर्दा ढोरपाटन नगरपालिकाका पाँच, बडिगाड गाउँपालिकाका चार र गलकोट नगरपालिकाको एउटा वडामा मात्र एमालेले वडाध्यक्ष जितेको थियो । त्यसबाहेक ढोरपाटन-४ मा जनमोर्चाको विद्रोही समूह र अन्य सबै वडामा कांग्रेस, माओवादी र जनमोर्चाका उम्मेदवार विजयी बनेका थिए ।

पौडेलको गृहक्षेत्र निर्वाचन क्षेत्र नं १ भए पनि उनी २ नं क्षेत्रबाट चुनाव लडिरहेका छन्। अघिल्लो पटक यहाँबाट निर्वाचित भएर मन्त्रीसमेत बनेका माओवादी केन्द्रका सचिवसमेत रहेका पौडेललाई आफ्नै पार्टीका नेताको बागी उम्मेदवारीले चुनौती थपेको छ ।

पश्चिम बागलुङमा राम्रै प्रभाव राख्ने माओवादी केन्द्रका नेता तुल्सीराम अर्यालले पनि यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएर चुनावी प्रचारमा छन् । गत स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा गठबन्धन नौ हजार नौ सय ३० मतले अगाडि देखिन्छ । स्थानीय निर्वाचनमा गठबन्धनले २८ हजार चार सय ३८ मत प्राप्त गरेको थियो भने एमालेले १८ हजार पाँच सय आठ पाएको थियो ।

स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिकाको प्रमुखमा टिकट नपाएपछि एमाले उम्मेदवार चालिसे बागी उम्मेदवार बनेका थिए । चुनाव सकिएपछि उनी एमालेमा प्रवेश गरेका थिए । उनले एमालेमा प्रवेश गरेको केही समयमै टिकट पाएका थिए ।

यस क्षेत्रमा पौडेल र चालिसेसहित राष्ट्रिय जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्र उम्मेदवार अर्याल र डिलबहादुर कार्की गरी सात जना चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ६ : ४० बजे

लुम्बिनीका दुवै ओपनर र कप्तान विराटनगरका सुवासको बलको शिकार

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार

९ ओभरको संघर्षपछि विराटनगरले लियो लुम्बिनीको दोस्रो विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार

तस्बिरमा हेर्नुहोस्, लुम्बिनी र विराटनगरको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत दोस्रो क्वालिफायरमा आज विराटनगर किङ्ग्स र

पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय

इस्लामाबाद– पकिस्तानको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली ‘इन्टर–सर्भिस इन्टेलिजेन्स जासुसी” एजेन्सीका

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु– दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता