लेबनान पाँचौं पटक पनि नयाँ राष्ट्रपति चयन गर्न असफल « Khabarhub

लेबनान पाँचौं पटक पनि नयाँ राष्ट्रपति चयन गर्न असफल


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  लेबनानको संसद्ले बिहीबार पनि नयाँ राष्ट्रपति चयन गर्न असफल भएको छ । राजनीतिक दलहरूले रिक्त राष्ट्रपति पदका लागि आवश्यक मत नपुक्दा नयाँ राष्ट्रपतिको निर्वाचन अन्योलमा परेको राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ।

कुल १२८ मध्ये १०८ जना सांसदको सहभागिता रहेको मतदान सत्रमा संसद सदस्य मिसेल मोवाडलाई ४४ मत, प्राध्यापक इसाम खलिफेलाई ६ मत, पूर्व गृहमन्त्रीलाई एक मत परेको थियो ।

यसैगरी जियाद बराउड र लेबनानको उच्च परिषद को पूर्व महासचिव जियाद हायेकको लागि एक भोट परेको थियो भने ४७ भोट खाली थियो।

अक्टोबर ३१ मा समाप्त भएको पूर्व राष्ट्रपति मिशेल आऊनको उत्तराधिकारी चयन गर्न संसद असफल भएको यो पाँचौं पटक हो । योसँगै देश थप राजनीतिक अनिश्चिततामा पुगेको छ ।

लेबनानको राष्ट्रपति पद यसअघि पनि पटक(पटक खाली भइसकेको छ । लेबनानको सदनका सभामुख नाबिह बेरीले नयाँ राष्ट्रपतिको निर्वाचनका लागि नोभेम्बर १७ मा अर्को संसदीय अधिवेशन बोलाउन आह्वान गरेका छन्।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ८ : २१ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी