पर्यटनमन्त्री आले सवार गाडी दुर्घटना « Khabarhub

पर्यटनमन्त्री आले सवार गाडी दुर्घटना


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले सवार गाडी कैलालीको धनगढीमा दुर्घटनामा परेको छ। मन्त्री आले चढेको सु प प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले मंगलबार साँझ ठक्कर दिएको हो।

धनगढी बिमानस्थलबाट ६ लेन सडक क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। गाईलाई ठक्कर दिएर अनियंत्रित भएको कारले मन्त्रीको गाडीलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ।

मन्त्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगर गएका छन्। गाडी चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १० : १८ बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज