लिथुआनियाबाट आयात हुने मासुसहित अन्य वस्तुमा चिनिया रोक « Khabarhub

लिथुआनियाबाट आयात हुने मासुसहित अन्य वस्तुमा चिनिया रोक


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ–चीनले लिथुआनियाबाट आयात हुने मासुलगायत अन्य वस्तुमा रोक लगाएको छ । लिथुआनियाबाट आयात हुँदै आएको माछा, गोरुको मासु, डेरीका उत्पादन तथा पेय पद्धार्थ (वियरमा) रोक लगाएको हो ।

लिथुआनिया ताइवानलाई औपचारिक रुपमा राजधानी भिल्नियसमा राजदुतवास खोल्न अनुमति दिएसँगै चीनले सो वस्तुलाई निलम्बन गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनको सामान्य भन्सार निर्यात प्रशासनले पूर्ण कागजातको अभावमा निलम्बन गरेको लिथुआनियाली एजेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चीनले लिथुआनियाले निर्यात गर्ने गरेको गोरुको मासु, माछाका उत्पादनमा रोक लगाएको कारणबारे चीनले केही बताएको छैन । गत नोभेम्बरमा लिथुआनियाले राजधानी भिल्नियसमा ताइवानलाई राजदुतावास खोल्न दिने निर्णय गरेसँगै चीन रुष्ट बनेको थियो । गत वर्ष चीनले ७ सय ७५ सय टन मासु लिथुआनियाबाट आयात गरेको त्यहाँको तथ्यांकले देखाएको छ । जसमध्ये २३ लाख ६० हजार गोरुको मासु आयात गरिएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ५ : ३० बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको