टी–२० सिरिजको पहिलो खेलमा नेपालको जित « Khabarhub

टी–२० सिरिजको पहिलो खेलमा नेपालको जित


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।

शुक्रबार ओमानको अल अमेरात मैदानमा भएको खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको हो । १३६ रनको लक्ष्य नेपालले तीन बल बाँकी रहँदै पूरा गरेको छ ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले अविजित ७३ रन बनाएका थिए । उनले ८ चौका र १ छक्का हिर्काएका थिए ।

त्यस्तै, आरिफ शेखले २५, ज्ञानेन्द्र मल्लले १३, प्रदीप ऐरीले ४ र शरद भेषावकरले अविजित ४ रन बनाए । ओमानका लागि कल्लीमुहाले २ र खावर अलीले १ विकेट लिएका थिए ।

यसअघि, ओमानले टस हारेर ब्याटिङ गरेको थियो । ओमानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३५ रन बनाएको थियो ।

ओमानका कप्तान जीसान मक्सुदले सर्वाधिक ४३ रन बनाएका थिए । उनले ४१ बलमा ४ चौका र एक छक्का हिर्काए । त्यस्तै मोहम्मद नदीमले ३१ रन जोड्दा जतिन्दर सिंहले १३ रनको योगदान गरेका थिए ।

नेपालका लागि अविनाश बोहराले ३, कमल सिंह ऐरी, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले समान एक–एक विकेट लिएका थिए ।

ओमानविरुद्ध नेपालका सागर ढकाल र विवेक यादवले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । नेपालले दोस्रो खेलमा शनिबार संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ७ : ३६ बजे

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम

काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः