५० वर्ष माथिकाको वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण « Khabarhub

५० वर्ष माथिकाको वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण

ज्येष्ठ नागरिक अस्पताल निर्माण हुने


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए।

त्यसैगरी सरकारले ५० वर्षभन्दा माथिका सबै नागरिकको वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण गराउने निर्णयसमेत गरेको छ। स्वास्थ्यमन्त्री खतिवडाका अनुसार यो निर्णय १५ दिनमै कार्यान्वयन हुने बताए।

अस्पताल निर्माणको विषयमा बिहीबार नै स्वास्थ्य मन्त्रालयले तीन सदस्यीय कार्यदल बनाएको छ। मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनेको उनको भनाइ छ।

स्वास्थ्य मन्त्रालयले बनाएको कार्यदलले अस्पताल बनाउने स्थान, जग्गा व्यवस्थापन, लागत स्टिमेटको विषयमा अध्ययन गर्नेछ।

बिहीबारकै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदानको निर्णय गरेको छ। मिर्गौला दिवसको अवसरमा प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंग दानको घोषणा गरेका हुन्।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ६ : १९ बजे

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको