करछलीको अभियोगमा कोकाकोलाविरुद्ध ७ अर्ब ४३ करोड भन्दा बढीको मुद्दा दायर | Khabarhub Khabarhub

करछलीको अभियोगमा कोकाकोलाविरुद्ध ७ अर्ब ४३ करोड भन्दा बढीको मुद्दा दायर


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालमा उत्पादन गर्ने कम्पनी बोटलर्स नेपाल लिमिटेडले ३ अर्ब ७१ करोडभन्दा बढी राजस्व छली गरेको अभियोगमा मुद्दा दर्ता भएको छ। विभागले संस्थाको सेयर बिक्री गर्दा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४ सय ११ रुपैयाँ लाभको कर नबुझाएको भन्दै सो रकमको सत प्रतिशत जरिवानासहित ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ दाबी र सजायको माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो।

बोटलर्स नेपाल लिमिटेडको शेयर स्वामित्वमा परिवर्तन गर्दा सम्बन्धित निकायहरूमा कुनै जानकारी नदिई कर छली गरेको भन्दै विभागले त्यसमा संलग्न व्यक्तिहरूविरुद्ध कर असुली र सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो।

नेपालमा कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपाल लिमिटेडले मूल कम्पनीको स्वामित्व परिवर्तन गर्दा लाभकर नतिरेको विषयमा गत वर्ष नै राजश्व अनुसन्धान विभागले छापा मारेको थियो। विभागले स्वामित्व परिवर्तनको विवरण लुकाएर करछली गरेको आशङ्कामा छापा मारेर बोटलर्स नेपालबाट अनुसन्धानमा आवश्यक कागजात, कम्प्युटर, ल्यापटप सहितका सामाग्री नियन्त्रणमा लिएको थियो।

विभागले संयुक्त अरब इमिरेट्सको दुबई स्थित कोका कोला साउथ वेष्ट होल्डिङ लिमिटेड या कोका कोला एशियाको तर्फबाट प्रतिनिधित्व गर्ने बोर्डका अध्यक्ष र निर्देशकहरूलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ। अध्यक्ष शुक्ला वासन, निर्देशकहरू मेलविन तान चुन पिन, मोहम्मद अमीन घोनेम निर्देशक, गौरव खोसला, सन्दीप बजोरिया, देवब्रत मुखर्जी, सुमन्त दत्त, जवाहर सोलाई कुप्पुस्वामी, संकेत रेबिरुद्ध राजस्व छलीको मुद्दा चलाएको हो।

त्यस्तै कम्पनीको प्रबन्ध निर्देशक र आर्थिक कारोबार तथा लेखापरीक्षणको मुख्य जिम्मेवारी रहेको भनी प्रबन्ध निर्देशक प्रदीप पाण्डे, प्रबन्ध निर्देशक पुनीत चन्द्रपाल वार्शने, वित्त प्रबन्धकहरु राजीव टण्डन, सुमित गोयल, लेखा नियन्त्रक अशोक कुमार मण्डल, बोर्ड निर्देशक डा। त्रिलोचन उप्रेती र चार्टर एकाउन्टेन्ट सञ्जीव कुमार मिश्र विरुद्ध मुद्दा दाय गरेको हो।

उनीहरूले अफसोर मार्फत अप्रत्यक्ष किनबेच गरी कर छली गरेको अनुसन्धानबाट खुलेको राजश्व अनुसन्धान विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। विभागले बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा भएको परिवर्तन अनुसार कर दायित्व बहन नगरी बोटलर्स नेपाल लिमिटेडबाट राजस्व चुहावट गरिएको अनुसन्धानबाट खुलेकाले सात अर्ब त्रिचालीस करोड त्रिसठ्ठी लाख आठ सय बाइस रुपैयाँ जरिवाना र सजायको माग गरी मुद्दा दायर गरेको हो।

यस्तो छ विभागले जारी गरेको प्रेस विज्ञप्ती:
राजस्व अनुसन्धान विभागबाट बोटलर्स नेपाल लिमिटेड समेत रहेको राजस्व चुहावट सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा मिति २०७८।१1।27 गते दायर गरिएको ।

१. कसूरको संक्षिप्त विवरण तथा बिगो:
नेपाल स्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुवई स्थित कम्पनि कोका कोला साब्को एशिया (Coca Cola SABCO Asia Limited)को शत प्रतिशत शेयर सन् २०१४ अक्टोबर २४ तदअनुसार 2071/07/07 मा कोका कोला साब्को (Coca Cola SABCO) ले आयरलैण्ड स्थित यूरोपियन रिफ्रेसमेन्ट (Europian Refreshment) लाई विक्री गरेको कारणबाट वोटलर्स नेपाल लिमिटेडमा रहेको निहित शेयर स्वामित्वमा परिवर्तन भै सोबाट कम्पनिको नियन्त्रणमा परिवर्तन भएको ।

कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टवीच शेयर कारोबार हुँदाको समयमा वोटलर्स नेपाल लिमिटेडको प्रतिकित्ता शेयरको स्वतन्त्र बजार मूल्य रु. ३,८८३।00 हुने र सोमा कोकाकोला साब्कोको प्रतिकित्ता शेयर खरीद मुल्य रु. ५३६।00 लाई लागतको रुपमा घटाउँदा हुन आउने रकम रु. ३,३४७।00 प्रतिकित्ता पूँजीगत लाभ हुने अनुसन्धानबाट पुष्टि भएको। सोहि आधारमा कोकाकोला साब्को एशियाको बोटलर्स नेपालमा रहेको शेयर संख्या १४८४३०१ को बिक्री वापत जम्मा रु.४,९६,७९,५५,४४७।00 पूँजीगत लाभ कायम हुने र सोमा आयकर ऐन, २०५८ को अनुसुची १ को दफा २(१) बमोजिम २५% का दरले रु १,२४,१९,8८,८६२।00, ऐ.ऐनको दफा ७(१) वमोजिमको शुल्क (०.१ प्रतिशत) का दरले हुने रु.३,४१,००,९५०।00 ऐ. दफा ११८ बमोजिमको व्याज १५ प्रतिशतका दरले हुने रु.९,७८,०६,६२२।00, ऐ. दफा ११९ बमोजिमको व्याज १५ प्रतिशतका दरले हुने रु.१,१०,२२,६५,११५।00 र ऐ.ऐनको दफा १२०(ख) बमोजिमको शुल्क रु १,२४,१९,८८,8६२।00 समेत कुल विगो रु. ३,७१,८१,५०,४११।00 राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २को उपदफा (छ१) बमोजिमको बिगो बराबरको राजस्व चुहावट भएको अनुसन्धानबाट पुष्टि भएको।

बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा उक्त कम्पनिले ठूला करदाता कार्यालय लगायत सम्बन्धित निकायहरुमा कुनै जानकारी नदिई तथा शेयर स्वामित्व परिवर्तन हुनुपूर्व तथा पछाडीको आयकर ऐन 2058 को दफा 57 को प्रक्रया पूरा गरी आ.व. 2071।072 को छुट्टाटुट्टै आय विवरण पेश नगरि तथा निहित शेयर स्वामित्वमा परिवर्तन भएको कारणले सिर्जना हुने आयकर ऐन २०५८ बमोजिमको कर दायित्व पुरा नगरी राजस्व चुहावट गर्ने उद्देश्यले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ को देहाय (क), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएको ।

२. प्रतिवादीहरुको विवरण:
क. जिल्ला काठमाडौं, का.म.न.पा. वडा नम्बर 16 बालाजु ‌औधोगिक क्षेत्र स्थित बोटलर्स नेपाल लिमिटेड(स्थायी लेखा नम्बर 300048362)
ख. ऐ. कम्पनिको सञ्चालक समितिमा उक्त कम्पनीको शेयरहोल्डर सयुक्त अरब ईमिरेट्सको दुबई स्थित कम्पनि कोका कोला साउथवेष्ट होल्डिङ लिमिटेड साविकको कोका कोला साब्को एशियाको तर्फबाट प्रतिनिधित्व गर्ने देहाय बमोजिमका वोर्डका सदस्यहरुः
क्र.सं. प्रतिवादीको नाम, थर                  जिम्मेवारी
1. Ms. Shukla Wassan                      Chairperson
2. Melvin Tan Chun Pin                    Director
3. Mohamed Amin Ghoneim           Director
4. Mr. Gaurav Khosla                        Director
5. Sundeep Bajoria                           Director
6. Debabrata Mukherjee                   Director
7. Mr. Sumanta Datta                        Director
8. Mr. Jawahar Solai Kuppuswamy    Director
9. Mr. Sanket Ray                              Director

ग. ऐ. कम्पनिको प्रवन्ध निर्देशक र आर्थिक कारोबार तथा लेखापरीक्षणको मुख्य जिम्मेवारीमा रहेका देहाय बमोजिमका पदाधिकारीहरुः

क्र.सं.  प्रतिवादीको नाम, थर                       जिम्मेवारी
1. Mr. Pradip Pandey                         Managing Director
2. Mr. Puneet Chandrapal Varshney  Managing Director
3. Rajeev Tandon                               Finance Manager
4. भरतबाबु दहाल                                 Finance Manager
5. Sumit Goyal                                   Finance Manager
6. अशोक कुमार मण्डल                        Finance Controller
7. डा. त्रिलोचन उप्रेती                            Board Director
8. संजिव कुमार मिश्र                             Chartered Accountant

३. सजायको मागदावी:
Offshore Indirect transaction मार्फत बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा भएको परिवर्तन अनुसार कर दायित्व बहन नगरी बोटलर्स नेपाल लिमिटेडबाट राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरित ऐ, दफा ४ को (क) र (च) वमोजिम र सो ऐनको संसोधित व्यवस्थामा निरन्तरता दिइएको दफा ४(क) र (च) बमोजिम कार्य गरि राजस्व चुहावटको कसूर गरेको पुष्टि भएकोले प्रतिवादीहरु बोटलर्स नेपाल लिमिटेड, Ms. Shukla Wassan, Melvin Tan Chun Pin, Mohamed Amin Ghoneim, Mr.Gaurav Khosla. Sundeep Bajoria, Debabrata Mukherjee, Mr. Sumanta Datta, Mr. Jawahar Soali Kuppuswamy र Mr.Sanket Ray लाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(१)(संसोधित दफा २३(१)) बमोजिम बिगो रकम रु ३,७१,८१,५०,४११।00 असुल गरी बिगोको शत प्रतिशत जरिवाना रु. ३,७१,८१,५०,४११।00 गरी जम्मा रु. 7,43,63,00,822।00 (अक्षरेपी सात अर्ब त्रिचालिस करोड त्रिसठ्ठी लाख आठ सय बाइस मात्र) ऐ.दफा २३(१)(घ) बमोजिम कैद सजाय र दफा २३(४) बमोजिम ब्याज समेत असुल गर्न र प्रतिवादीहरु Mr. Pradip Pandey, Mr. Puneet Chandrapal Varshney, Rajeev Tandon, भरतबाबु दाहाल, Sumit Goyal, अशोक कुमार मण्डल, डा.त्रिलोचन उप्रेती तथा संजिव कुमार मिश्रलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(झ) र दफा २३(३) को कसुरमा ऐ. दफा २३(३) बमोजिम सजाय हुन मागदावी लिई अभियोग पत्र दायर गरिएको छ।

सूचना अधिकारी
राजस्व अनुसन्धान विभाग

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ५ : २३ बजे

संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल

महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा

म्याग्दी – कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौँ खर्च

एमसीसी प्रसारण लाइन निर्माण : मुआब्जा वितरण प्रक्रिया सुरु

तनहुँ– मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) मार्फत

अब सम्झनामा सिलाचीको भोकाएको आँखा र सेलिब्रेसन

राजधानी रोमको ओलम्पिक रङ्गशाला। दिन ९ जुन सन् १९९० को

मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी

चितवन– मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय