जितको लागि नेपाललाई  २३३ रनको लक्ष्य « Khabarhub

जितको लागि नेपाललाई  २३३ रनको लक्ष्य


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप लिग –२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीलाई चौथो अभ्यास खेलमा श्रीलंका संयुक्त– ११ ले जितका लागि २३३ रनको लक्ष्य दिएको छ ।

 टस जितेर पहिले ब्याटिङ थालेको श्रीलंका  संयुक्त– ११ ले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनायो ।

 श्रीलंका संयुक्त– ११ का लागि अनुक फ्रेर्नान्डोले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै सान्दुन विराक्कोडीले ४९ रन बनाए भने दिलसान मुनविराले १४, उपुल थरङ्गाले ३, थिसेरा परेराले ८, चमारा सिल्भाले ६, दिलरुवान परेराले १४, प्रसन्नाले १२, कुमारस्वामीले ३० तथा निमन्थाले १८ रनको योगदान गरे ।

 बलिङतर्फ नेपालको दिपेन्द्रसिंह ऐरी र सागर ढकालले समान तीन -तीन विकेट लिए भने सोमपाल कामीले २ विकेट झारे । त्यस्तै सन्दीप लामिछाने र आरिफ शेखले समान एक-एक विकेट लिए ।

यसअघि नेपालले खेलेको तीन अभ्यास खेलमा तीनै खेलमा विजयी भएको छ । नेपालले पहिलो र दोस्रो अभ्यास खेलमा श्रीलंकाको नेभीलाई क्रमशः १११ रनले र ८९ रनले पराजित गरेको थियो । तेस्रो अभ्यास खेलमा नेपालले श्रीलंकाको पुलिसलाई १४४ रनले हराएको थियो ।

आईसीसी विश्वकप लिग– २ त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्न नेपाली क्रिकेट टोली यही फागुन ३० गते श्रीलंका बाट सिधै संयुक्त अरब इमिरेट्स (युएइ) जानेछन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ५ : २३ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज