ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – बिर्तामोड नगरपालिका-२ स्थित रामचोकमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय सम्यम बजगाईं रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ न. को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल बजगाईं गम्भीर घाइते भएका थिए । घाइते उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा भएको थियो ।

मोटरसाइकल र ट्रक इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ भने ट्रक चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ९ : ३२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र