ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – बिर्तामोड नगरपालिका-२ स्थित रामचोकमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय सम्यम बजगाईं रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ न. को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल बजगाईं गम्भीर घाइते भएका थिए । घाइते उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा भएको थियो ।

मोटरसाइकल र ट्रक इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ भने ट्रक चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ९ : ३२ बजे

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौं– मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय

नेपाललाई सहयोग गर्ने बलिउड कलाकारको प्रतिबद्धता

काठमाडौं – रसुवाको विनाशकारी बाढीमा प्रभावितहरूलाई विदेशी कलाकारहरूले समेत सहानुभूति

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावितलाई ३ करोड ३९ लाख बराबरको सहयोग

काठमाडौं– कुमारी बैंक लिमिटेडले हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी

तनहुँमा ९८४ मेट्रिक टन खायन आलु उत्पादन

दमौली– तनहुँमा खायन जातको आलु उत्पादन बढ्न थालेको छ ।

चितवनमा भरियो शवगृह, त्रिपालमुनि शव, पहिचान केन्द्र तयार पारिँदै 

चितवन– चितवनमा रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै