ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु « Khabarhub

ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको घोराही उपमहानगरपालिका–७ नागडाँडामा रोकी राखेको ट्र्याक्टरमा आइतबार राति तीन जना सवार मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक दाङकै घोराही उपमहानगरपालिका–१६ बयरडाँडाका २२ वर्षीय निसान्त चौधरी रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राती १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार १६ वर्षीय सिताराम चौधरीको सोही अस्पतालमा र २१ वर्षीय सागर चौधरीको कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

धर्नाबाट सर्रातर्फ आउँदै गरेको रा५प ५१८५ नम्बरको मोटरसाइकल रा१त ४६७८ नम्बरको ट्र्याक्टरको पछाडि गए राती साढे ११ बजे ठोकिएको थियो।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १२ : ३६ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व