ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु | Khabarhub Khabarhub

ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको घोराही उपमहानगरपालिका–७ नागडाँडामा रोकी राखेको ट्र्याक्टरमा आइतबार राति तीन जना सवार मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक दाङकै घोराही उपमहानगरपालिका–१६ बयरडाँडाका २२ वर्षीय निसान्त चौधरी रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राती १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार १६ वर्षीय सिताराम चौधरीको सोही अस्पतालमा र २१ वर्षीय सागर चौधरीको कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

धर्नाबाट सर्रातर्फ आउँदै गरेको रा५प ५१८५ नम्बरको मोटरसाइकल रा१त ४६७८ नम्बरको ट्र्याक्टरको पछाडि गए राती साढे ११ बजे ठोकिएको थियो।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १२ : ३६ बजे

पच्चीस वर्षपछि बीपी मेमोरियल क्यान्सर अस्पतालका भवनको नक्सा पास

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको भवनहरूको २५ वर्षपछि नक्सा

सामुदायिक वनमा झाडी फाँडेर वृक्षारोपण सुरु

सिरहा– यहाँको लहान नगरपालिका–१५ स्थित चुरे क्षेत्रमा पर्ने झोवाई खोल्सी

इजरायलमा हालसम्मकै सबैभन्दा ठूलो प्रदर्शन

जेरुसलेम- गाजामा बाँकी रहेका बन्धकहरूको रिहाइको माग गर्दै आइतबार इजरायलमा

विवाहेत्तर यौनसम्बन्ध : अपराध कि आत्मनिर्णय ?

नेपाली समाजमा विवाह र यौनसम्बन्ध सधैं एकअर्कासँग गाँसिएका विषय मानिँदै

काभ्रेपलाञ्चोकमा ‘लापसे’ परीक्षण अभियान : २० चालक पक्राउ

 काभ्रेपलाञ्चोक– ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सवारी चालकको लागू पदार्थ सेवन