नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीलाई अभिमुखीकरण तालिम « Khabarhub

नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीलाई अभिमुखीकरण तालिम


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँगुनारायण भक्तपुरमा स्नातक तहको इन्जिनियरिङमा भर्ना हुन आएका विद्यार्थीको लागि सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

कलेजमा इन्जिनियरिङका विभिन्न विधामा पहिलो सेमेष्टरमा भर्ना हुन आएका विद्यार्थीलाई कलेजका प्रिन्सिपल प्रा.डा.हरिकृष्ण श्रेष्ठलगायतले अभिमुखीकरण गरेका हुन् ।

भर्ना हुन आएका विद्यार्थीलाई कलेजका प्रिन्सिपल श्रेष्ठ, भाइस प्रिन्सिपल एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी, एकेडेमिक कोअर्डिनेटर एसोसिएट प्रोफेसर बाबुराम भट्टराईलगायतले अभिमुखीकरण दिएका थिए । त्यसक्रममा परिचयात्मकका साथै कलेजबारे, विद्यार्थीहरूले पढ्नुपर्ने कोर्स बारे जानकारी गराइएको थियो ।

चार वर्षको बीचमा ध्यान दिनुपर्ने विषय, इन्जिनियरिङका भविष्य तथा उपयोगिता लगायतका विषयमा पनि विद्यार्थीलाई जानकारी गराइएको थियो । विषय शिक्षकहरूले पनि आ–आफ्ना विद्यार्थीलाई कोर्सका साथै अन्य विविध विषयमा जानकारी दिएका थिए ।

अत्यधिक विद्यार्थी भएका कारण एउटै हलमा कार्यक्रम नगरी फरकफरक विधाका विद्यार्थीलाई फरक फरक ठाउँंमा राखेर कार्यक्रम गरिएको थियो । त्यसअनुसार नौवटा कक्षाकोठामा कार्यक्रम भएको थियो । यसमध्ये सिभिलको तीन समूहमा र कम्प्युटरका दुईवटा समूहमा कार्यक्रम भएको थियो । इन्जिनियरिङमा आर्किटेक्चर पाँंच वर्षे हुन्छ भने बाँंकी सबै चार वर्षे हुन्छ ।

कलेजमा सिभिल, आर्किटेक्चर, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन विधामा पढाइ हुने गर्छ ।

 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ३ : १४ बजे

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी