सत्तारुढ गठबन्धनले चुनावी तालमेलको मोडालिटी भोलि तय गर्ने « Khabarhub

सत्तारुढ गठबन्धनले चुनावी तालमेलको मोडालिटी भोलि तय गर्ने


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा सहकार्य र एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा साेमबार बसेको गठबन्धनको बैठकले आपसी मतभेद पन्छ्याउँदै चुनावमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने निर्णय गरेको हो । 

गठबन्धन बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल भएको थियो । तर, निष्कर्षमा भने पुग्न सकेन । बैठकमा आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरूबीचको तालमेल कसरी गर्ने ? कुन आधारमा गर्ने ? भन्नेबारे छलफल भएको थियो । 

उनीहरूबीच पाँच दलीय सत्ता गठबन्धनमा रहेका दलहरू बाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने सहमति गरे पनि चुनावी तालमेलको मोडलबारे सहमति जुट्न सकेन । चुनावी तालमेलको मोडालिटीबारे भोलि बस्ने बैठकमा टुंगो लगाउने उनीहरूको तयारी छ । भोलि बस्ने बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल हुने नेपाली कांग्रेसका नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

‘आजको बैठकले संयुक्त वक्तव्य जारी गरेको छ । अब चुनावी तालमेलको मोडालिटीबारे भोलि बस्ने बैठकमा निर्णय हुन्छ,’ उनले भने । 

 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १ : ३२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र