पूजालाई याद छैन ‘ए मेरो हजुर ४’ « Khabarhub

पूजालाई याद छैन ‘ए मेरो हजुर ४’


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्म ‘सम्झना–बिर्सना’ को ‘परेलीमा’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

निमेष प्रधान निर्देशित फिल्मको गीत आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको कार्यक्रममै ट्रेलर पनि सार्वजनिक गर्ने तयारी निर्माण पक्षको थियो । तर, प्राविधिक कारण देखाउँदै गीत मात्र सार्वजनिक गरियो । गीत हेरिसकेपछि पत्रकारसँगको अन्तरक्रियामा पूजाले ट्रेलर छिटै हेर्न पाउने बताइन् ।

गीतसँगै  हाम्रो प्रचारप्रसार सुरु भइसकेको छ । ट्रेलर आज रिलिज भएन तर छिट्टै हुन्छ । केजीएफसँगै  हाम्रो ट्रेलरलाई हलमा हेर्न पाउनु हुनेछ पूजाले भनिन् । वैशाख १ मा रिलिज हुने फिल्मसँग ट्रेलर आउँछ भन्न खोजेकी पूजाले नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को सट्टा भारतीय फिल्मको नाम लिइन् । अभिनेत्रीसँगै निर्मात्री समेत रहेकी पूजाले यसलाई आफैँले सच्याउनु पर्ने पनि थाहा पाइनन् ।

कार्यक्रम सकिनै लाग्दा एक पत्रकारले नेपाली फिल्मको सट्टा विदेशी फिल्मको नाम किन लिनु भयो ? भनेर प्रश्न गरेपछि बल्ल उनले नेपाली फिल्मलाई पनि शुभकामना भनिन् । ‘केजीएफको कुरा हुँदै गर्दा मात्र नाम अगाडि आएको हो । त्यहाँ अरु पनि फिल्म छ होला नी ” पूजाले भनिन् । पूजाले आफ्नो भनाइ सच्याउन खोजे ता पनि कार्यक्रममा उपस्थित भने उनलाई ‘ए मेरो हजुर ४’ को रिलिज याद नभएको भन्दै चर्चा गरिरहेका थिए । उनलाई फिल्म बारे जानकारी नभएको हो की उक्त फिल्मको नाम लिन नचाहेकी हुन्। त्यो त पूजालाई नै थाहा होला। 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  २ : ५९ बजे

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित

कांग्रेसमा विरासतको पूर्णविराम : सन्तानले थेग्न सकेनन् पितृ भार

काठमाडौं – नेपाली कांग्रेसमा कयौं नेताहरु पारिवारिक विरासत (लिगेसी) का