पूजालाई याद छैन ‘ए मेरो हजुर ४’ « Khabarhub

पूजालाई याद छैन ‘ए मेरो हजुर ४’


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्म ‘सम्झना–बिर्सना’ को ‘परेलीमा’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

निमेष प्रधान निर्देशित फिल्मको गीत आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको कार्यक्रममै ट्रेलर पनि सार्वजनिक गर्ने तयारी निर्माण पक्षको थियो । तर, प्राविधिक कारण देखाउँदै गीत मात्र सार्वजनिक गरियो । गीत हेरिसकेपछि पत्रकारसँगको अन्तरक्रियामा पूजाले ट्रेलर छिटै हेर्न पाउने बताइन् ।

गीतसँगै  हाम्रो प्रचारप्रसार सुरु भइसकेको छ । ट्रेलर आज रिलिज भएन तर छिट्टै हुन्छ । केजीएफसँगै  हाम्रो ट्रेलरलाई हलमा हेर्न पाउनु हुनेछ पूजाले भनिन् । वैशाख १ मा रिलिज हुने फिल्मसँग ट्रेलर आउँछ भन्न खोजेकी पूजाले नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को सट्टा भारतीय फिल्मको नाम लिइन् । अभिनेत्रीसँगै निर्मात्री समेत रहेकी पूजाले यसलाई आफैँले सच्याउनु पर्ने पनि थाहा पाइनन् ।

कार्यक्रम सकिनै लाग्दा एक पत्रकारले नेपाली फिल्मको सट्टा विदेशी फिल्मको नाम किन लिनु भयो ? भनेर प्रश्न गरेपछि बल्ल उनले नेपाली फिल्मलाई पनि शुभकामना भनिन् । ‘केजीएफको कुरा हुँदै गर्दा मात्र नाम अगाडि आएको हो । त्यहाँ अरु पनि फिल्म छ होला नी ” पूजाले भनिन् । पूजाले आफ्नो भनाइ सच्याउन खोजे ता पनि कार्यक्रममा उपस्थित भने उनलाई ‘ए मेरो हजुर ४’ को रिलिज याद नभएको भन्दै चर्चा गरिरहेका थिए । उनलाई फिल्म बारे जानकारी नभएको हो की उक्त फिल्मको नाम लिन नचाहेकी हुन्। त्यो त पूजालाई नै थाहा होला। 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  २ : ५९ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व