भक्तपुर औद्योगिक तथा व्यापार मेलामा एक करोडको कारोबार « Khabarhub

भक्तपुर औद्योगिक तथा व्यापार मेलामा एक करोडको कारोबार


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्यान्डले भक्तपुरको सल्लाघारीमा गरिरहेको मेलामा एक करोडको कारोबार भएको छ ।

मेलाको पाँंचौ दिन सोमबारसम्म सो रकम बराबरको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।

मेलामा उपभोक्तालाई चाहेका हरेक सामग्री सहज र सुपथ मूल्यमा उपलब्ध गराइने मेला संयोजक दीपक थापाले बताए । यसबाट सांस्कृतिक पर्यटन तथा व्यापार मेला गर्न लागिएको उनको भनाइ छ ।

मेलामा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्रीका स्टल राखिएका छन् ।

‘फेसन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी गतिविधि, अटो मोबाइल प्रदर्शनी, विद्युतीय मेसिन कृषि औजार प्रदर्शनी रहेको छ,’ संयोजक थापाले भने ।

भक्तपुर,काठमाडौँ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले मेलामा भाग लिने आयोजकले बताएको छ । मेलालाई व्यवस्थित गर्न विद्यार्थीलाई ४० र अन्यका लागि ५० प्रवेश शुल्कको तोकिएको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा २४ चैतदेखि सुरु भएको मेला ४ वैशाखसम्म हुनेछ । जसमा दुई सयभन्दा बढी स्टल छन् । १० दिने मेलामा तीन लाखभन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गरिएको छ । करिब आठ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १० : ३५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र