अर्थमन्त्रीको पत्रकार सम्मेलन : देशको अर्थतन्त्र संकटमा गयो भन्दै कुप्रचार गरियो « Khabarhub

अर्थमन्त्रीको पत्रकार सम्मेलन : देशको अर्थतन्त्र संकटमा गयो भन्दै कुप्रचार गरियो


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रका विषयमा कुप्रचार गरिएको आरोप लगाएका छन् ।अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले देशको अर्थतन्त्र ठूलो संकटमा गएको भन्ने विषय कुप्रचार मात्र भएको बताए ।

यसअघि हिजो नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै देशको अर्थतन्त्र धरासयी बन्दै आएको र इतिहासमै पहिलो पटक कमजोर बनेको बताएको थियो । एमालेले देशको अर्थतन्त्रबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको भाेलीपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गरेका हुन् ।

उनले अर्थतन्त्रका सूचना कमजोर भएपनि धरासायी नै नबनेको प्रस्ट पारे । ‘बाहिर अर्थतन्त्र डुबिसक्यो, धरासयी बन्यो, टाट पल्टिसक्यो भनेर कुप्रचार गरिरहेको देखिएको छ । त्यस्तो कुप्रचार गर्नु आवश्यक छैन्,’ मन्त्री शर्माले भने ।

अर्थतन्त्र कमजोर अवस्थातिर गइरहेको भन्दै त्यसका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : २९ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा