चुनावी अभियानमा जुट्दै राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्ला « Khabarhub

चुनावी अभियानमा जुट्दै राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्ला


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा राप्रपाले पनि चुनावी अभियान थालेको छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राप्रपाले चुनावी अभियान थालेको हो ।

आगामी वैशाख ३० गते हुने निर्वाचनको लागि राप्रपाले जुम्लामा घरदैलो अभियान थालेको छ । सदरमुकाम खलंगा बजारस्थित बालमन्दिरमा राप्रपाका केन्द्रीय सहायक महामन्त्री धनबहादुर बुढाले राप्रपाले आफ्नो पक्षमा जनमत बढेको जिकिर गरे ।

उनले भने, ‘त्यसमाथि अहिले राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाले गति लिइरहेको छ ।

धेरै पटक अरू राजनीतिक दललाई जनताले मतदान गरे पनि यस पटक राप्रपालाई मत दिन बुढाले आग्रह गरे । राप्रपाको विचार, नीति र सिद्धान्तप्रति जनताको आकर्षण बढेको उनको जिकिर छ ।

राप्रपा जुम्ला अध्यक्ष वेदबहादुर शाहीले सोमबारदेखि ७७ वटै जिल्लामा चुनावी घरदैलो अभियान शुभारम्भ भएको बताए ।

राप्रपा जुम्ला नगर अध्यक्ष अनुप थापाले गठबन्धनले देश धराशायीमा परेको आरोप लगाए । ‘विकास गर्छौं भनेर विभिन्न राजनीतिक दलले धेरै वर्ष बिताए । तर, देश जहाँको त्यही छ । महँगी बढ्दो छ । बेरोगारी उस्तै छ,’ उनले भने ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ११ : २६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र