चुनावी अभियानमा जुट्दै राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्ला « Khabarhub

चुनावी अभियानमा जुट्दै राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्ला


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा राप्रपाले पनि चुनावी अभियान थालेको छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राप्रपाले चुनावी अभियान थालेको हो ।

आगामी वैशाख ३० गते हुने निर्वाचनको लागि राप्रपाले जुम्लामा घरदैलो अभियान थालेको छ । सदरमुकाम खलंगा बजारस्थित बालमन्दिरमा राप्रपाका केन्द्रीय सहायक महामन्त्री धनबहादुर बुढाले राप्रपाले आफ्नो पक्षमा जनमत बढेको जिकिर गरे ।

उनले भने, ‘त्यसमाथि अहिले राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाले गति लिइरहेको छ ।

धेरै पटक अरू राजनीतिक दललाई जनताले मतदान गरे पनि यस पटक राप्रपालाई मत दिन बुढाले आग्रह गरे । राप्रपाको विचार, नीति र सिद्धान्तप्रति जनताको आकर्षण बढेको उनको जिकिर छ ।

राप्रपा जुम्ला अध्यक्ष वेदबहादुर शाहीले सोमबारदेखि ७७ वटै जिल्लामा चुनावी घरदैलो अभियान शुभारम्भ भएको बताए ।

राप्रपा जुम्ला नगर अध्यक्ष अनुप थापाले गठबन्धनले देश धराशायीमा परेको आरोप लगाए । ‘विकास गर्छौं भनेर विभिन्न राजनीतिक दलले धेरै वर्ष बिताए । तर, देश जहाँको त्यही छ । महँगी बढ्दो छ । बेरोगारी उस्तै छ,’ उनले भने ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ११ : २६ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल