आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्र समक्ष सभामुख सापकाेटाको आह्वान « Khabarhub

आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्र समक्ष सभामुख सापकाेटाको आह्वान


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्र समक्ष आह्वान गरेका छन्। 

नेपाल उद्योग वाणिज्य महा संघको ५६ औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले अर्थतन्त्र परनिर्भर हुँदा अनेक खालका समस्या देखिएको भन्दै त्यसका लागि सरकार र निजी क्षेत्रको सार्थक सहयोग र सहकार्य जरुरी रहेको बताए।

सभामुख सापकोटाले निजी क्षेत्रसँग ज्ञान, सीप, प्रतिभा र क्षमता सबै भएको भन्दै वर्तमान आर्थिक जटिलताबाट पार पाउन पनि यस क्षेत्रले भूमिका खेल्नुपर्ने धारणा राखे।

देशमा लगानी विस्तार तथा अन्य वातावरण बनाउन सभामुखका तर्फबाट खेल्नुपर्ने भूमिका इमान्दार भएर पूरा गर्न आफू तयार रहेको उनको भनाइ थियो । 

सभामुख सापकोटाले निजी क्षेत्रको क्षमतालाई प्रयोग गरेर देशलाई समृद्धिको मार्गमा अगाडि बढाउनुपर्ने धारणा राखे । कार्यक्रममा महा संघका अध्यक्ष शेखर गोल्छाले आफूहरु लगानी गर्न तयार रहेको भन्दै लगानीको प्रक्रिया सहज बनाउनुपर्ने बताए । निजी क्षेत्रलाई राजश्वकोे स्रोतका रुपमा मानिएको तर विकासको साझेदार भने नमानिएको उनले बताए ।

त्यस्तै महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा देखिएको समस्याको पहिचान र त्यसको निरुपणका लागि ढिलाइ गर्न नहुने धारणा राखे ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ६ : ५० बजे

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु घोषणा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सरकारबारे खुश्वुको आक्रोश : नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप

गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै

बागमती– गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गरिँदै आएको छ