षड्यन्त्रपूर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य हुँदैनः पूर्वप्रधानन्यायाधीश पराजुली | Khabarhub Khabarhub

षड्यन्त्रपूर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य हुँदैनः पूर्वप्रधानन्यायाधीश पराजुली


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले जनमतबिना नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएकोले स्वीकार्य नहुने बताएका छन् ।

सोमबार जनकपुरधाममा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित ‘प्रबृद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम’ उनले षड्यन्त्रपूर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य नहुने बताएका हुन् ।

जानकी मन्दिरको प्राङ्गणमा भएको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश पराजुलीले हिमालयदेखि समुद्र पर्यन्त र इन्डोनेसियाको बालीदेखि पर्सियासम्म फैलिएको विशाल हिन्दू राष्ट्र खुम्चिँदै गएर लगभग समाप्त हुने अवस्थामा पुगेको भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

माल्दिभ्समा बुद्धिस्ट धर्म नष्ट भइसकेको भन्दै उनले माता जानकीको आशीर्वादले हिन्दू राष्ट्र बनाउने अभियान सफल हुने पनि दाबी गरे ।

उनले मानव सभ्यतालाई बचाउने, उजागर गर्ने, व्यस्थित गर्ने हिन्दू धर्म मात्र रहेको भन्दै यो धर्म मात्र होइन संस्कार, परम्परा र शासनको शैली रहेको पनि बताए ।

अभियानका केन्द्रीय सदस्य तथा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक कल्याण तिम्सिनाले राष्ट्र भनेकै व्यक्तिहरू भएकाले बहुसंख्यक व्यक्तिले मान्ने धर्म नै राष्ट्रको धर्म हुने तर्क गरे ।

उनले संस्कार, परम्परा, रीतिरिवाज र धर्मको रक्षा हुनुपर्ने पनि बताए ।

त्यसैगरी समाजसेवी ज्योत्सना साउदले गार्गी, याज्ञवल्क्य, अष्टावक्र र राजर्षि जनकको भूमिमा बोल्ने अवसर पाएको भन्दै नेपालले हिन्दू राष्ट्रको गौरव प्राप्त गर्ने विश्वास रहेको बताइन् ।

कार्यक्रममा उद्योगी व्यवसायी निर्मल चौधरीले विस्वास योग्य पात्र पाएको कारण अभियान सफल हुने बताएका थिए ।

कार्यक्रममा अभियानद्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराइएको थियो ।

गत भदौ ३ गते पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालको संयोजकत्वमा यो अभियान सुरु भएको हो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ९ : ०७ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट