सशस्त्र प्रहरी महानिरीक्षक खनालको बिदाइ « Khabarhub

सशस्त्र प्रहरी महानिरीक्षक खनालको बिदाइ


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेवानिवृत्त भएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई बिदाइ गरिएको छ ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा सोमबार भएको समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेलले फूलमालाका साथै मायाको चिनो हस्तान्तरण गर्दै बिदाइ गरेका हुन् ।

त्यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनाललाई पनि संघकी उपाध्यक्ष ज्योती के.सी.ले फूलमालासहित बिदाइ गरिन् ।

त्यसअवसरमा खनालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.लाई संगठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरेका थिए ।

उनले संगठनको विकासमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय के.सी. र पौडेललाई प्रशंसापत्र तथा मायाको चिनो पनि प्रदान गरे ।

सम्बोधनका क्रममा महानिरीक्षक खनालले राज्यले दिएको जिम्मेवारी निर्वाहका क्रममा प्राणको आहुति दिने संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठलगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीको योगदानको स्मरण गर्दै कर्तव्य पालनाको सिलसिलामा घाइते भई अंगभंग भएका राष्ट्रसेवकहरूको समेत स्वास्थ्यलाभको कामना गरे ।

समारोहमा नेपाल सरकार गृहमन्त्रालयका सहसचिव टेकबहादुर के.सी. लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी र सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ९ : २६ बजे

होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशले तेल उत्पादन बढाउने

भियना- तेल उत्पादन गर्ने प्रमुख देशहरूको समूह ‘ओपेक प्लस’ मा

सुहाङको प्रस्ताव : सुकुम्वासीलाई राखिएको होल्डिङ सेन्टर अनुगमनमा तत्कालै जाऊँ

काठमाडौं- संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद

संसदीय समितिमा विपक्षीले घेरे सरकारलाई, संसद् छलेर अध्यादेशको बाटोमा गएको आरोप

काठमाडौं- प्रतिपक्षी दलका सांसदहरुले संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै आपत्ति

आशा जगाउने बजेट ल्याउछौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताएका

बागमतीका मुख्यमन्त्रीको घरमा पस्यो सम्पत्ति शुद्धीकरण विभाग

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागले