‘सत्यम्’ को शीर्ष गीत सार्वजनिक (भिडियो) « Khabarhub

‘सत्यम्’ को शीर्ष गीत सार्वजनिक (भिडियो)


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– केही समय अगाडि फिल्म बन्ने घोषणा भएर वर्कसप समेत भएर छायांकनमा जान नसकेको फिल्म ‘सत्यम्’ निर्माण टिमले शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेको छ । 

सार्वजनिक गीतमा राजु महर्जनको स्वर, रेशम सापकोटाको शब्द, कुटुम्ब ब्यान्डको म्युजिक, योगेश काजीको म्युजिक कन्सेप्ट छ । गीतको लिरिकल भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् । भिडियोमा अभिनेता राजेश हमाललाई मात्रै फिचर्ड गराइएको छ भने अरु कुनै पनि कलाकारलाई देखाइएको छैन ।

निर्माता रेशम सापकोटाले यस गीतमा कसैको नाम नराखेको र छिट्टै पत्रकार सम्मेलनमार्फत सम्पूर्ण जानकारी गराउने समेत बताए ।

प्रि–प्रोडक्सनको सम्पूर्ण काम सकेको यो फिल्ममा राजेश हमाल, पल शाह, अनुप विक्रम शाही, उपासना सिंह ठकुरी लगायतका कलाकारको अभिनय रहने यसअघि नै जानकारी सार्वजनिक भइसकेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १२ : १२ बजे

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,