पाकिस्तानमा मुद्रास्फीति बढ्दै | Khabarhub Khabarhub

पाकिस्तानमा मुद्रास्फीति बढ्दै


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा मुद्रास्फीति बढ्दै जान थालेको छ । अघिल्लो महिना दुई वर्ष यताकै सबैभन्दा उच्च १२ दशमलब ७ प्रतिशत रहेको मुद्रास्फीति अप्रिल महिनामा बढेर १३ दशमलब ४ प्रतिशत पुगेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

मार्च महिनायता पाकिस्तानको उपभोक्ता मूल्य सूचकांक (सीपीआई) बढ्न थालेको बताइएको छ । मुलुकमा मुद्रास्फीति नियन्त्रण गर्नका लागि त्यहाँको सरकारले गत मार्च महिनायता तेलको मूल्यलाई स्थीर राखेको डनले जनाएको छ ।

पाकिस्तानमा सीपीआईसहित सेन्सेटिभ प्राइस इन्डेक्स (एसपीआई) र होलसेल प्राइस इन्डेक्स (डब्लूपीआई) पनि बढेको बताइएको छ ।

मार्च महिनामा १३ प्रतिशत रहेको एसपीआई अप्रिल महिनामा बढेर १४ दशमलब २ प्रतिशत पुगेको र डब्लूपीआई पनि २३ दशमलब ८ प्रतिशतबाट बढेर २८ दशमलब १ प्रतिशत पुगेको डनले जनाएको छ ।

पाकिस्तानमा सन् २०२२ को आर्थिक वर्षमा मुद्रास्फीति ११ दशमलब ०४ प्रतिशत पुगेको छ । सन् २०२०–२१ मा पाकिस्तानमा सीपीआई मुद्रास्फीति ८ दशमलब ९ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ७ : ४८ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित