नेपालको पयर्टन प्रवर्द्धनमा कूटनीतिज्ञको भूमिका महत्वपूर्ण हुने पर्यटनमन्त्री श्रेष्ठको भनाइ « Khabarhub

नेपालको पयर्टन प्रवर्द्धनमा कूटनीतिज्ञको भूमिका महत्वपूर्ण हुने पर्यटनमन्त्री श्रेष्ठको भनाइ


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको पयर्टन प्रवर्द्धनका लागि कूटनीतिज्ञको भूमिका महत्वपूर्ण हुने बताएका छन् । विभिन्न देशका लागि सरकारले हालै नियुक्त तथा प्रस्तावित राजदूतसँग मन्त्रालयमा आज आयोजित अन्तरक्रियामा मन्त्री श्रेष्ठले नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कूटनीतिक क्षेत्रको प्रभावकारी महत्व हुने बताएका हुन् ।

महामारीका कारण घट्दै गएको पर्यटन उद्योगलाई गतिशील बनाउन विदेशस्थित नेपाली नियोग क्रियाशील हुनुपर्ने उनको भनाइ थियो । राजदूतावास, स्थायी नियोग, महावाणिज्य दूतावास तथा अवैतनिक वाणिज्य दूतावासले पर्यटक आकर्षित गर्ने योजना तथा कार्यक्रम ल्याउनुपर्ने बताउँदै मन्त्री श्रेष्ठले राजदूतहरूले व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग गर्नुपर्ने विचार व्यक्त गरे ।

उनले पर्यटन विस्तारका लागि हवाई उडानको भूमिका महत्वपूर्ण हुने बताउँदै सरकारले हवाई यातायात र विमानस्थललाई सुरक्षामैत्री बनाउने बताए । मन्त्री श्रेष्ठले छिमेकी मुलुक भारतलाई नयाँ हवाई प्रवेश विन्दु खुला गरिदिन आग्रह गरिएको जानकारी दिँदै आफ्नो कार्यकालमा नयाँ प्रवेश विन्दु खुला हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नवनियुक्त तथा प्रस्तावित राजदूतहरूले नेपालको पर्यटन विस्तारका लागि प्रवद्र्धनात्मक कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ९ : २८ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको