देशका लागि जितेको स्वर्ण बुवालाई समर्पित | Khabarhub Khabarhub

कमनवेल्थ गेम्स

देशका लागि जितेको स्वर्ण बुवालाई समर्पित

भारोत्तोलोनमा स्वर्ण जितेका पाकिस्तानी खेलाडी दस्तगीरको सफलता कथा



काठमाडौँ :  हरेक आमाबुवाको सपना आफ्नो सन्तानले गर्व लाग्ने काम गरोस् भन्ने हुन्छ । त्यसमा पनि आफूले हिँडेको बाटोमा हिँड्दा झन् एक कदम अगाडि बढोस् भन्ने हुन्छ ।

तर त्यो सौभाग्य सबैलाई प्राप्त हुँदैन । प्राप्त गरेकाले सजिलै प्रमाणित गर्न सक्दैनन् । जसले प्रमाणित गर्छन्, त्यसको इतिहास स्वर्ण अक्षरले लेखिन्छ ।

यही इतिहास लेख्ने ऐतिहासिक सफलता पाकिस्तानकी नुह दस्तगीर बटले प्राप्त गरेका छन् । ‘कमनवेल्थ गेम्स २०२२’ मा उनले पाकिस्तानको लागि स्वर्ण जितेर यो इतिहास राखेका हुन् ।

गएको बुधबार भएको भारोत्तोलनको प्रतिस्पर्धामा १०९ किलो तौल समुहमा सहभागी २३ वर्षीय नूहले स्वर्ण जित्न सफल भएका हुन् । कमनवेल्थ गेम्स २०१८ मा नुहले कास्य पदक जितेका थिए ।

यसपटकको सहभागितामा भाग लिनु अगाडि आफ्नो देश र बुबाको लागि कास्यभन्दा राम्रो पदक जित्नु पर्ने सपनाबारे उनले एक अन्तरवार्तामा बताएका थिए ।

नभन्दै नुहले ‘स्नाच’ अन्तर्गत १ सय ७३ किलो र ‘क्लिन एण्ड जर्क’ मा २ सय ३२ किलो उठाउँदै सोचेभन्दा उत्कृष्ट प्रदर्शन गर्दै कुल ४ सय ५ किलोसहित स्वर्ण जित्न सफल भए ।

प्रदर्शनलाई उत्कृष्ट बनाउन उनको विगतको सहभागिताले पनि मुख्य भूमिका खेलेको थियो । सहभागिता अघि उनको नाममा धेरै पाकिस्तानीले ‘दुवा गरुन्’ भन्ने पनि नुहको चाहना थियो । प्रतियोगिताको क्रममा दर्शकबाट पाएको मायाप्रति पनि उनले आभार व्यक्त गरे ।

‘मेरो ध्यान लिफ्टमा मात्र केन्द्रित थियो । त्यसपछि मैले मानिसहरूले मेरो नामको नारा लगाएको देखे । यसपश्चात् उनीहरूको समर्थनको प्रभाव देखाउने मैले प्रदर्शन सुरु गरे । त्यो खुशी नै मेरो शक्ति र सफलता थियो’ नुहले खुशी हुँदै भने ।

बुबासँगको सम्बन्ध
नूहको प्रेरणाको स्रोत नै उनको बुबा गुलाम दस्तगीर रहँदै आएका छन् । उनको बुबाले उनलाई पटकपटक गाली गर्थे । मायाले सल्लाह सुझाव दिने गर्थे ।

उनको बुबा गुलाम पनि पाकिस्तानका राष्ट्रिय भारोत्तोलन खेलाडी थिए । पाकिस्तानमा नै तालिम गरेर पाकिस्तानका लागि पदक जितेका उनको बुबाले नूहलाई उर्जा प्रदान गर्थे ।

बुबाको पाइला पछ्याउँदै नूहको पनि भारोत्तोलनमा आगमन भयो । सानै उमेर देखि नै सो खेल प्रतिको लगाव बढ्दै गयो ।

उनको बुबाले पनि सरकारको सहयोग बिना, पूर्वाधार र सुविधाको अभावमा गरेको सङ्घर्षका कारण खेलमा निरन्तरता दिने हौसला प्राप्त गर्दै आएका छन् । चुनौतीको सामना गर्दै आफू र आफ्नो लागि बुबाले धेरै गरेको नूहले महसुस गरेका छन् ।

शान्दार कमब्याक
कमनवेल्थको यो स्वर्ण उनको लागि धेरै तरिकाले महत्वपूर्ण बन्यो । यस प्रतियोगितामा सहभागी हुनु अगाडि घाइते भएसँगै उनको खेल जीवनमाथि नै प्रश्न चिन्ह खडा भएको थियो ।

सन् २०१६ देखि नूह पाकिस्तानको भरपर्दो भारोत्तोलकका रुपमा चिनिँदै आएका छन् । उनको जुनियर तौल समुहमा कैयौँ कीर्तिमान छन् । १०९ किलोमाथिको तौल समुहमा आफूलाई चिनाउने नूह संघर्षरत थिए ।

नुहको लक्ष्य टोकियो ओलम्पिकमा सहभागीका जनाउने थियो । तर, उनको तिघ्रामा चोट लागेसँगै उनले सो सपनालाई तिलान्जली दिए । यसले उनलाई भारोत्तोलनबाट करिब एक वर्ष टाढा राख्यो ।

त्यस एक वर्षले उनलाई धेरै सिकाएर परिपक्क बनाएको उनको भनाई छ । क्षमतावान खेलाडी भएतापनि दुःखमा पाकिस्तान स्पोर्ट्स बोर्ड पीएसबी, पाकिस्तान ओलम्पिक संघ पीओए र सरकारको सहयोग नपाँउदा नूह दुःखी पनि भएका थिए ।

अस्वस्थ स्थितबाट स्वास्थ्य बन्ने उनको लडाइ भने पक्कै पनि सहज थिएन । यो उनको लागि मात्र नभई उनको परिवारको लागि पनि चुनौति थियो ।

पाकिस्तानमा एथलिट्हरुको आवश्यक पर्ने विशेष चिकित्सकको अझै पनि अभाव छ । यस्तो परिस्थितिमा सम्बन्धित निकायले हात अघि नबढाउँदाको चोट पनि नूहको लागि कडा चुनौती बन्यो ।

सो एक वर्षलाई नूहले आफ्नो जीवनको कालो भागको रुपमा पनि व्याख्या गर्ने गर्दछन् । यस दौरान उनलाई आफूलाई मानसिक रुपमा सबल बनाए । पूर्व अनुभवबाट कमजोर भएको मनोबललाई बलियो बनाउँदै पुन आत्मविश्वास प्राप्त एकीकृत गरे ।

यसअघि सन् २०२१ को डिसेम्बरमा तास्कान्दमा भएको विश्व भारोत्तोलन प्रतियोगिता उनको अन्तिम अन्तर्राष्ट्रिय सहभागीता थियो । त्यस सहभागितामा उनले एक रजत पदक प्राप्त गरेका थिए ।

विगतका कमनवेल्थ गेम्स्
सन् २०१८ को कमनवेल्थ गेम्स्मा कास्य पदक जित्दा उनको बुबा दुःखी भएका थिए । उनको बुबाले केही समय राम्ररी बोलेका पनि थिएनन् । यसकारण पनि उनलाई यस प्रतियोगितामा आफ्नो शतप्रतिशत दिनु थियो ।

यसअघि सन् २०१५ र २०१७ को कमनवेल्थ वेटलिफ्टििङ च्याम्पियनसिपमा उनले क्रमश रजत र कास्य मात्र ल्याउन सफल भएका थिए । उनको नाममा केही राष्ट्रिय कीर्तिमान पनि छन् । स्वर्णको चाहनाले नै उनको सपनालाई आज साकार बनाएको छ ।

यद्यपि, यस उपलब्धीलाई नूहले केवल एक पाइलाका रुपमा लिएका छन् । यही सफलतालाई निरन्तरता दिँदै उनको ओलम्पिक २०२४ मा स्वर्ण पदक ल्याउने पनि सपना रहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ४ : ३६ बजे

वर्षाले घटायो डढेलो, थप तीन दिनसम्म वर्षा हुने

काठमाडौं– लामो समयपछि सोमबारदेखि सुरु भएको वर्षासँगै देशका विभिन्न स्थानमा

अन्तिम २ मिनेटमा बढ्यो शेयर बजार, कारोबार २ अर्ब माथि 

काठमाडौं– मंगलबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) अन्तिम २ मिनेटमा बढेको

सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा छौँ : सञ्चारमन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार जतिसक्दो चाँडो

प्रधानमन्त्रीको टिप्पणी- जसपा फुटाउन मेरो कुनै भूमिका छैन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका

लामो समयपछि वर्षा हुदाँ किसानलाई राहत

पर्वत– साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि पर्वतका किसानलाई