भक्तपुरका भ्यागुताहरूलाई भोज खुवाइयो « Khabarhub

भक्तपुरका भ्यागुताहरूलाई भोज खुवाइयो


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरका भ्यागुताहरूलाई आज भोज खुवाइएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको दिन  यसरी नै आ-आफ्नो खेतमा पुगेर किसानहरूले भ्यागुतालाई भोज खुवाउँछन् ।  यो दिन क्वाँटी बनाएर खाने चलन छ । यस्तो परिकार पहिला भ्यागुतोलाई खुवाइन्छ । भोजको लागि किसानहरू बिहान आ-आफ्नो खेतमा भोज लिएर पुग्ने परम्परा रहिआएको छ ।  किसानले भ्यागुताको भोज घरमै तयार गरेर खेतको डिलमा राखेर आउने गर्छन् ।

भ्यागुतालाई भोज खुवाउने परम्परालाई स्थानीय किसानहरू नेपाल भाषामा व्यां चा जानक वानेगू अर्थात् भ्यागुतालाई खाना खुवाउन जाने भनेर चिन्छन् ।   व्यांको अर्थ भ्यागुतो र जानक वानेगूको अर्थ खाना खुवाउन जाने भन्ने हो ।

बिहीबार बिहानैदेखि आ–आफनो खेतमा पुगेर भ्यागुतालाई भोज खुवाउन जाने किसानहरुको लर्को लागेको थियो । कोही हिँडेर, कोही साइकलमा त कोही मोटरसाइकलमै चढेर पनि भ्यागुतालाई भोज खुवाउन आ–आफ्नो खेतमा पुगेर भ्यागुतालाई भोज खुवाएका हुन् । 

बिहानै सूर्यविनायकस्थित नौतेस्थित आफ्नो खेतमा भ्यागुतालाई भोज दिन पुगेकी लक्ष्मी महर्जनले परम्पराअनुसार प्रत्येक वर्ष जस्तै आफ्नो खेतका भ्यागुतालाई भोज खुवाउने हिँडेको बताइन् । परम्पराअनुसार खेतमा पुगेर भ्यागुताको भोज खेतमा छोड्ने चलन छ । भ्यागुताको भोजको परिकारलाई पातमा राखेर आ-आफ्नो खेतमा छोड्ने परम्परा छ । 

भोजका परिकारमा क्वाटी, फलफूल, चामलको भात, सुपारीलगायतका खाद्यान्न्न हुन्छ । खाद्यान्नका साथै किसानले भ्यागुतालाई श्रृंगारपटारका सामान पनि लिएर जाने परम्परा छ । मुलालाई काटेर सिन्काले चोपेर तयार पारिनुलाई भ्यागुताका लागि ऐना नाम दिदैँ आएको छ । 

भ्यागुतालाई भोज राखिदिएपछि राख्न जाने किसानले पनि त्यही खेतमै भोज खाएर आउने चलन छ । यसका लागि घरबाट खेत जानु अगाडि नै भ्यागुतालाईसहित आफूलाई पनि रोटी, क्वाटीसहितको परिकार लिएर खेत जाने चलन अझैसम्म जस्ताको तस्तै छ । 

संस्कृतिविद् डा. वीरेन्द्र कायष्ठले किसानको सहयोगीको रुपमा रहेकोले भ्यागुतालाई सम्मानका साथ भोज खुवाउने परम्परा चलिआएको बताए । आफ्नो बालीनाली संरक्षणमा सहयोग गरेको कदर गर्दै किसानले भ्यागुतालाई वर्षमा एक पटक भोज खुवाउने परम्परा अहिले पनि जस्ताको तस्तै रहेको इतिहासविद् डा. कायष्ठ ले बताए । 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ३ : १४ बजे

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी