पाकिस्तानी जेलमा रहेका अफगान नागरिकलाई रिहा गर्न तालिबान र पाकिस्तानबीच वार्ता सुरु « Khabarhub

पाकिस्तानी जेलमा रहेका अफगान नागरिकलाई रिहा गर्न तालिबान र पाकिस्तानबीच वार्ता सुरु


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कानुनी कागजात नभएको आरोपमा पक्राउ परेका ३०० अफगान नागरिकलाई रिहा गर्न अफगान तालिबान सरकारले पाकिस्तानसँग वार्ता थालेको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) को प्रतिवेदनअनुसार पाकिस्तान सबैभन्दा धेरै अफगान शरणार्थीका लागि आश्रयस्थल बनेको छ । “पाकिस्तान अफगान नागरिकहरूका लागि शरणको सबैभन्दा ठूलो देश हो, जहाँ करिब एक लाख आठ हजार अफगानहरू छन्,” रिपोर्टमा भनिएको छ ।

सन् २०२१ को अन्त्यसम्ममा एक लाख ३८ हजार ५०० अफगानी शरणार्थीहरू पाकिस्तान, ताजिकिस्तान र इरानमा शरण लिएका छन् । तीमध्ये पाकिस्तानमा एक लाख आठ हजार, ताजिकिस्तानमा दुई हजार ७०० र इरानमा २७ हजार ८०० व्यक्ति शरणार्थीका रूपमा आश्रय लिँदै आएका छन् ।

पाकिस्तानको विदेश मन्त्रालयले राजधानी इस्लामावादस्थित अफगान दूतावासका अधिकारीहरूले पाकिस्तानी अधिकारीहरूसँग पाकिस्तानी प्रहरीले हिरासतमा लिएका करिब ३०० अफगानीहरूको रिहाईका लागि छलफल गरिरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयका उपप्रवक्ता हाफिज जिया अहमद टकलले एक भिडियो सन्देशमा अफगान दूतावासको प्रयासका कारण केही बन्दीलाई मुक्त गरिएको बताएका छन् । तैपनि बाँकी कैँदीलाई जरिवाना तिरेर छाडिनेछ । उनले भने, “तीमध्ये केहीलाई आज रिहा गरिएको छ र अरुलाई प्रक्रिया पु¥याएर छिट्टै रिहा गर्ने निर्णय हुनेछ ।”

पाकिस्तानी प्रहरीले महिला र बालबालिकासहित करिब ३०० अफगानीलाई पक्राउ गरेको अफगानिस्तानबाट प्रसारण हुने टोलो न्यूजले जनाएको छ ।

पाकिस्तानको कराँचीमा रहेका केही अफगानी शरणार्थीले आफ्नो परिवारका धेरै सदस्यलाई पाकिस्तानी प्रहरीले महिनौंदेखि हिरासतमा राखेको भन्दै आफ्नो अवस्थाप्रति निराशा व्यक्त गरेका छन् ।

उनीहरूले कानुनी कागजात नभएको कारण अदालतले उनीहरूलाई जरिवाना गरेको तर अहिले जरिवाना तिर्न असमर्थ भएको बताएका छन्, टोलो न्यूजले रिपोर्ट गरेको छ ।

‘उनीहरूलाई हिरासतमा लिएको दुई महिना भइसक्यो,’ पाकिस्तानमा रहेका एक अफगानी शरणार्थीले भने । ‘मेरा चार छोरी र श्रीमती पनि छन् । म विगत दुई महिनादेखि यो मुद्दासँग जुधिरहेको छु,’ अर्का अफगानी शरणार्थीले भने । पाकिस्तानी प्रहरीले करिब ३०० अफगानीलाई हिरासतमा लिएको रिपोर्ट अगस्टको सुरुमा प्रकाशित भएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ७ : १६ बजे

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र

फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको

आज २०८३ साल असार २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २० गते शनिबार सन् २०२६

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि