फेवातालको जलकुम्भी झार सफाइ अभियान सुरु  « Khabarhub

फेवातालको जलकुम्भी झार सफाइ अभियान सुरु 


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान सुरु गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो । 

सरसफाइको पहिलो दिन विभिन्न सङ्घ संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुङ्गा तथा अन्य साधनको मद्दतबाट जलकुम्भी झार बाहिर निकाल्ने काम भएको जानकारी महानगरपालिकाका प्रमुख आचार्यले दिए। लगातारको वर्षासँगै तालको सबैजसो भागमा जलकुम्भी फैलिएको छ । बिहान तालको ड्यामसाइटबाट उत्तरतर्फको खहरेसम्म जलकुम्भी झार निकालिएको छ। तालमा झार धेरै भएकाले सबै झार निकाल्न एक हप्ता समय लाग्ने प्रमुख आचार्यको भनाइ छ । तालको बीचभागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई  जलकुम्भीले अवरोध  गर्ने गरेको छ । सो अवसरमा महानगर प्रमुख आचार्यले फेवाताल नेपालीको मात्र नभइ विश्वकै पर्यटकीय सम्पदा भएकाले यसको संरक्षण गर्ने दायित्व सबैको भएको बताए ।  फेवाताल सरसफाइमा पोखराका ३३ वटै वडाका सङ्घ संस्था, आमा समूह, क्लबलाई सहभागी हुन आग्रह गरिएको छ । आचार्यका अनुसार ३३ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विभिन्न समूह ताल सरसफाइमा परिचालित हुने छन् ।

फेवातालको दायाँबायाँ नेपाल सरकारले ६५ मिटर मापदण्ड तोकेको भए पनि ती क्षेत्रमा संरचना निर्माण गर्ने कार्य अझै रोकिएको छैन । मापदण्डकै विषयलाई लिएर मुद्दा परेपछि सर्वोच्च अदालतले तत्कालका लागि महानगरपालिकालाई फेवातालको डिलबाट ६५ मिटर मापदण्ड कार्यान्वयन गर्न आदेश दिएको थियो । 

बाह्र हजार आठ सय ७४ रोपनी क्षेत्रफलको फेवातालमा नौ हजार नौ सय ५५ रोपनी भाग पानीले ढाकेको छ । तालको  पश्चिमी भागबाट आउने हेर्न खोलाको बाढीले प्रत्येक वर्ष ताल पुर्ने कार्य रोक्नुपर्ने पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष अशोक पालिखेले बताए । कुनै समय फेवातालको पानी पिउन प्रयोग गरिन्थ्यो भने विगत केही वर्षयता यहाँको पानी दूषित भइरहेको भनाइ स्थानीयवासी तथा मानवअधिकारवादी नेता टेकनाथ बरालको छ ।

‘फेवाताल सबैको हो, यसलाई बचाइ राख्नुपर्छ, ताल लोप हुने अवस्थामा पुग्न हुँदैन’, बरालले भने, ताल बचाउने चिन्ता सबैमा हुनुपर्‍यो, ताल वरपरका घरहोटलले पनि तालमा लगेर ढल मिसाउन हुँदैन । पोखराका ताल सफाइ गर्न पाँच वर्ष अघि पोखरा महानगरपालिकाले एक करोड बढी मूल्य तिरेर छुट्टै मेसिन खरिद गरेपनि उक्त मेसिन एक वर्ष पुग्न नपाउँदै काम नलाग्ने अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १२ : १७ बजे

चुनाव भए अर्थतन्त्र कति चलायमान होला ?

काठमाडौं – जेनजी ‘विद्रोह’ पश्चात सुशीला कार्की नेतृत्वमा बनेको वर्तमान

विराटनगरविरुद्ध चलेन जनकपुरका आशिफको ब्याटिङ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको पहिलो खेलमा

खगेन्द्रको हाम्रो पार्टी नेपाललाई दल दर्ताको प्रमाणपत्र  (तस्बिरहरू)

काठमाडौं– खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता

आइपुग्यो विश्वकप उपविजेता नेत्रहीन महिला टोली (तस्बिरहरू )

काठमाडौं– नेत्रहीन महिला टी–२० विश्वकप क्रिकेट २०२५ की उप–विजेता नेपाली

वासिङ्टन–किएभको जोड : युक्रेनको पूर्ण सार्वभौमिकता कायम रहने शान्ति सम्झौता आवश्यक

एजेन्सी– जेनेभामा अमेरिकी, युक्रेनी र युरोपेली अधिकारीहरूबीच सम्पन्न ‘रचनात्मक’ वार्तापछि