लागूऔषधसहित चारजना पक्राउ « Khabarhub

लागूऔषधसहित चारजना पक्राउ


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दिया प्रहरीले ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाहाबाट उनीहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको भे८प ३८०९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चार ग्राम सात सय मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

चेकजाँचका क्रममा बाँकेको खजुरा गाउँपालिका–४ बस्ने सिमोन विक र ललित भुजेल पक्राउ परेका थिए । सोधपुछ गर्दा उनीहरूले खजुरा गाउँपालिका–१ बस्ने भानु सिग्देल र नेपालगन्ज उपमहानगरपालिका–४ बस्ने राजेश विकका लागि लागूऔषध ओसारपसार गरेको पत्ता लागेपछि चारैजना पक्राउ परेका हुन् ।

पक्राउ परेका चारैजनालाई बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहोराले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ६ : ४१ बजे

विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता गराउनेमा गण्डकीका २५५, सुदूरपश्चिमका १०२ जना मात्रै

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अहिले राजधानीको भृकुटीमण्डपमा चलिरहेको

ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा आज दिउँसो ट्रक

पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीमा पूर्वराजा शाहद्वारा शुभकामना 

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले नारायणहिटी राजदरबार छोडेको करिब दुई दशक

जमातलाई नजरअन्दाज गरे नीति महाधिवेशनबाट नेतृत्व चयन हुन्छ : श्रेष्ठ

काठमाडौं– नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले पार्टी नेतृत्व

इरानमाथि आक्रमणका विकल्पबारे छलफलमा ट्रम्प, निर्णय लिन बाँकी

तेहरान– इरानमा पछिल्लो दुई हप्तादेखि सरकारविरोधी प्रदर्शन जारी छ। यसैबीच