महिला ह्याण्डबलमा गण्डकीको लगातार दोस्रो जित « Khabarhub

महिला ह्याण्डबलमा गण्डकीको लगातार दोस्रो जित


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबलको दोस्रो खेलमा घरेलु गण्डकीले लगातार दोस्रो जित हासिल गरेको छ ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो खेलमा समूह ‘ए’ को गण्डकीले सुदूरपश्चिम माथि २७–४ को जित निकाल्दै ६ अङ्क थपेको छ । आइतबारको पहिलो खेलमा गण्डकीले कर्णालीलाई ५८–२० को फराकिलो अन्तरले जितेको थियो । गण्डकीकी योगिता गुरुङले सर्वाधिक ८ गोल गर्नुभएको थियो ।

आजकै अर्को दोस्रो खेलमा समूह ‘बी’ मा रहेको कर्णालीले विजय हासिल गरेको छ । खेलमा कर्णालीले मधेसमाथि ११–७ ले जित निकालेको हो । खेलमा कर्णालीकी अञ्जली शाही र सङ्गीता सिंहले सर्वाधिक समान पाँच÷पाँच स्कोर गरेका हुन् ।

जितसँगै कर्णालीले महत्वपूर्ण तीन अङ्क जोडेको छ । मधेस प्रदेश भने लगातार दोस्रो खेलसम्म पराजित बनेको छ । मधेश पहिलो खेलमा विभागीय नेपाल आर्मीसँग २–४६ ले पराजित बनेको थियो । कर्णालीले पहिलो खेलमा प्रदेश–१ सँग ४–२६ ले पराजित भएको थियो ।

समूह ‘बी’ को प्रदेश–१ ले बागमती प्रदेशलाई दोस्रो खेलमा २४–८ ले पराजित गरेको छ । पहिलो खेलमा सोमबार कर्णाली विरुद्ध २६–४ ले जित निकालेको प्रदेश–१ ले अपराजित रहँदै ६ अङ्क थपेको छ । प्रदेश–१ की प्रेक्षा कटुवालले सर्वाधिक ८ गोल गरे।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ९ : ०२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको