महिला ह्याण्डबलमा गण्डकीको लगातार दोस्रो जित « Khabarhub

महिला ह्याण्डबलमा गण्डकीको लगातार दोस्रो जित


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबलको दोस्रो खेलमा घरेलु गण्डकीले लगातार दोस्रो जित हासिल गरेको छ ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो खेलमा समूह ‘ए’ को गण्डकीले सुदूरपश्चिम माथि २७–४ को जित निकाल्दै ६ अङ्क थपेको छ । आइतबारको पहिलो खेलमा गण्डकीले कर्णालीलाई ५८–२० को फराकिलो अन्तरले जितेको थियो । गण्डकीकी योगिता गुरुङले सर्वाधिक ८ गोल गर्नुभएको थियो ।

आजकै अर्को दोस्रो खेलमा समूह ‘बी’ मा रहेको कर्णालीले विजय हासिल गरेको छ । खेलमा कर्णालीले मधेसमाथि ११–७ ले जित निकालेको हो । खेलमा कर्णालीकी अञ्जली शाही र सङ्गीता सिंहले सर्वाधिक समान पाँच÷पाँच स्कोर गरेका हुन् ।

जितसँगै कर्णालीले महत्वपूर्ण तीन अङ्क जोडेको छ । मधेस प्रदेश भने लगातार दोस्रो खेलसम्म पराजित बनेको छ । मधेश पहिलो खेलमा विभागीय नेपाल आर्मीसँग २–४६ ले पराजित बनेको थियो । कर्णालीले पहिलो खेलमा प्रदेश–१ सँग ४–२६ ले पराजित भएको थियो ।

समूह ‘बी’ को प्रदेश–१ ले बागमती प्रदेशलाई दोस्रो खेलमा २४–८ ले पराजित गरेको छ । पहिलो खेलमा सोमबार कर्णाली विरुद्ध २६–४ ले जित निकालेको प्रदेश–१ ले अपराजित रहँदै ६ अङ्क थपेको छ । प्रदेश–१ की प्रेक्षा कटुवालले सर्वाधिक ८ गोल गरे।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ९ : ०२ बजे

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन