विश्वकप जित्ने भारतको सपना चकनाचुर | Khabarhub Khabarhub

विश्वकप जित्ने भारतको सपना चकनाचुर

रोमाञ्चक फाइनल हेर्ने भारत र पाकिस्तानी क्रिकेट प्रेमीको आश अधुरै !


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अष्ट्रेलिया विश्वकप क्रिकेटमा बंगलादेशका कप्तान शकिब अल हसनले भनेका थिए, ‘हामी यहाँ विश्वकप खेल्न आएका हौँ। भारतले जसरी उपाधि नै जित्छौँ भनेर आएका होइनौँ।’ उनको यो सनसनी बयान सामाजिक सञ्जालमा भाइरल भएको थियो।

भारतसँग खेल्नुअघि उनले भनेको कुरा कति धेरै चर्चा र बहसको विषय थियो भन्ने कुरा भारतले ‘वार्म अप म्याच’मा अष्ट्रेलियालाई हराएरै पत्ता लागेको थियो। विश्वकपका लागि सबैभन्दा पहिले अष्ट्रेलियाको यात्रा तय गर्ने टिम भारत हो। जहाँ उसले राम्रोसँग अभ्यास गर्न पायो। अनि अभ्यास खेलमै अष्ट्रेलियालाई हराएर भारतले मनोबल बलियो बनायो।

अष्ट्रेलियाविरुद्ध अन्तिम ओभरमा मोहम्मद शामीले गरेको बलिङ विश्व क्रिकेटकै एक नमूना थियो। अष्ट्रेलिया लक्ष्य पछ्याउँदै जित निकाल्ने अभियानमा थियो। तर शामीले अन्तिम ओभरमा ४ विकेट लिएर अष्ट्रेलियाको जितमा पूर्णविराम लगाएका थिए।

त्यो खेलले नै देखाएको थियो, अष्ट्रेलिया विश्वकपमा भारत कति बलियो छ भनेर। त्यतिमात्रै होइन, समूह चरणको पहिलो खेलमै पाकिस्तानलाई सनसनीपूर्ण हराउँदै भारतले विष्फोटक सुरुवात गरेको थियो। हार्नै लागेको खेल पनि भारतीय ब्याटर तथा पूर्वकप्तान विराट कोहलीले जिताइदिएका थिए।

दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डका कप्तान जोश बटलर र एलेक्स हेल्सले सुरुवात नै यस्तो गरेकी भारतलाई सोच्ने समय पनि दिएनन्।

त्यसपछि दक्षिण अफ्रिकाबाहेक सबै टिमलाई हराउँदै भारत समूहचरणको विजेता बन्दै सेमिफाइनल पुगेको थियो। पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान फाइनल पुगेपछि भारत दबाबमा परिसकेको थियो। यस्तोमा उसले जित निकाल्नुको विकल्प थिएन।

दोस्रो सेमिफाइनल सोचेजस्तो भएन। भारतीय टिमका लागि र पूरा विश्व क्रिकेटका लागि पनि। अष्ट्रेलिया विश्वकपमा भारत र पाकिस्तान नै फाइनल खेल्न सक्ने धेरैको आँकलन पनि थियो। तर एडिलेडमा सोचेजस्तो केही पनि भएन।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा १६८ रन मात्रै बनाउन सक्यो। उसका लागि विराट कोहली र हार्दिक पाण्ड्याले मात्रै गतिलो ब्याटिङ गरे। कोहलीले ५० रन बनाउँदा हार्दिकले ६३ रन बनाए।

निकै सुस्त सुरुवात गरेको भारतले अन्तिम ५ ओभरमा विष्फोटक ब्याटिङ गर्दै १६८ रन बनाएको थियो। यो भारतका लागि पर्याप्त रक्षा गर्न सकिने लक्ष्य थियो। जुन धेरैले सोचेका थिए। समूह चरणमा भारतीय बलर हावी नै थिए।

तर दोस्रो सेमिफाइनल सोचेजस्तो भएन। खासै फर्ममा नदेखिएका इंग्ल्याण्डका कप्तान जोश बटलर र एलेक्स हेल्सले सुरुवात नै यस्तो गरेकी भारतलाई खेलमा फर्किने सोच्ने समय पनि दिएनन्। विष्फोटक ब्याटिङ गरेका दुवै ओपनरले कुनै विकेट नगुमाई लक्ष्य पूरा गरेर देखाईदिए।

भारतीय टिम जब सेमिफाइनलमै असफल हुन्छ, तब कप्तान धोनी, विराट कोहली, रोहित शर्माको चर्को आलोचना हुन्छ।

सायदैले सोचेको यो खेलमा भारत पराजित भयो। इंग्ल्याण्ड फाइनल पुग्यो। भारत ९ वर्षपछि विश्वकप जित्ने अभियानमा थियो। भारत त्यसका लागि सक्षम पनि थियो। तर उसका लागि पछिल्ला विश्वकपमा सेमिफाइनल नै बाधक बन्न थालेका छन्।

यसअघि सन् २०१५ को एकदिवसीय विश्वकपमा भारत अष्ट्रेलियासँग सेमिफाइनलमा पराजित भएको थियो। सन् २०१६ को टी–ट्वान्टी विश्वकपमा भारत वेष्ट इण्डिजसँग पराजित भएको थियो। यस्तै सन् २०१९ को विश्वकपमा भारत न्युजिल्याण्डसँग सेमिफाइनलमा पराजित भएको थियो।

सन् २०२१ को टी–ट्वान्टी विश्वकपमा भारत समूह चरणमै बाहिरिएको थियो। त्यतिबेला पहिलो खेलमै पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो। यतिबेला सेमिफाइनलमा भारत इंग्ल्याण्डसँग १० विकेटले नै पराजित भयो।

यसरी हेर्दा भारत लगातार विश्वकप उपाधि जित्न असफल भइरहेको छ। विश्व क्रिकेटमै सबैभन्दा धेरै ठूला खेलाडी, महान खेलाडीदेखि विश्व क्रिकेटकै पावर हाउस मानिएको भारत हरेक पटक उपाधि जित्न भनेर आइसीसी प्रतियोगिता खेल्ने गरेको छ।

यसअघि महेन्द्रसिंह धोनीको कप्तानीमा टी–ट्वान्टी, एकदिवसीय र च्याम्पियन्स ट्रफी जितिसकेको भारत त्यसयता कुनै पनि प्रतियोगितामा उपाधि उचाल्न सकेको छैन। यस्तोमा भारतीय टिम जब सेमिफाइनलमै असफल हुन्छ, तब कप्तान धोनी, विराट कोहली, रोहित शर्माको चर्को आलोचना हुन्छ।

भारतसँग फाइनल खेल्ने चाहना पूरा नभएपनि इंग्ल्याण्डलाई हराउँदै इतिहास दोहोर्‍याएर पाकिस्तानले टी–ट्वान्टी विश्वकप जित्ने सपना पूरा गर्न सक्छ।

गएको विश्वकपमा टिमलाई उपाधि जिताउन नसक्दा कोहलीले राजीनामा दिनुपरेको थियो। यो विश्वकपमा पनि टिम सेमिफाइनलबाटै घर फर्किने भएपछि रोहितको चर्को आलोचना भइरहेको छ। उनले राजीनामा दिनुपर्ने बहस चर्किएको छ। सम्भवतः उनी आउँदो एकदिवसीय विश्वकपसम्म कप्तान रहन सक्छन्। त्यसपछि भने भन्न सकिन्न।

किनकी भारतीय क्रिकेट टिमको कप्तानी निकै ठूलो दबाबमा हुने गरेको छ। धोनीबाहेक कुनै पनि भारतीय क्रिकेट टिमका कप्तान सफल र सक्षम देखिँदैनन्। महान क्रिकेटर सचिन तेन्दुलकर पनि कप्तानका रुपमा सफल हुन सकेका थिएनन्। यतिबेला विराटलाई त्यही भन्ने गरिन्छ।

सचिनपछिका महान क्रिकेटर बनेका विराट यो विश्वकपका सर्वाधिक रनकर्ता हुन्। उनले ६ इनिङमा २९६ रन बनाएका छन्। तर पनि भारत सेमिफाइनलबाट बाहिरियो। त्यति मात्रै होइन विराटले यो विश्वकपबाट टी–ट्वान्टी विश्वकपमा सर्वाधिक १००० बढी रन बनाउने खेलाडी बने। उनले टी–ट्वान्टीमा मात्रै चार हजार रन पूरा गरे। यसै विश्वकपबाट उनले १०० चौका पूरा गरे।

तर पनि विराटको टिम भारतले विश्वकप जित्न सकेको छैन। सन् २०१४ र सन् २०१६ को विश्वकपमा कोहली उत्कृष्ट खेलाडी हुन्। यसपटक पनि उनी उत्कृष्ट हुनेमा शंका छैन। तर भारत उपाधि जित्न नसकेर सेमिफाइनलबाटै बाहिरिएपछि भारतीय क्रिकेटप्रेमी स्तब्ध बनेका छन्। यसपटक कम्तीमा विश्वकप ट्रफी उचालेरै छाड्ने भारतीय क्रिकेट टिमको सपना चकनाचुर भएको छ।

भारत पनि बाहिरिएको अष्ट्रेलिया विश्वकपमा उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड खेल्नेछन्। भारतसँग फाइनल खेल्ने चाहना पूरा नभएपनि इंग्ल्याण्डलाई हराउँदै इतिहास दोहोर्‍याएर पाकिस्तानले टी–ट्वान्टी विश्वकप जित्ने सपना पूरा गर्न सक्छ। फाइनल खेल आइतबार मेलवर्नमा हुनेछ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ९ : ५२ बजे

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।