बंगलादेशलाई पराजित गरे नेपाल च्याम्पियन बन्न‍े « Khabarhub

बंगलादेशलाई पराजित गरे नेपाल च्याम्पियन बन्न‍े


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साफ यु १५ महिला च्याम्पियनसिपको अन्तिम खेलमा आज (शुक्रबार) नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा हुने खेल नेपाली समय अनुसार सवा चार बजे सुरु हुनेछ।

तीन राष्ट्र सहभागी साफ च्याम्पियनसिपमा नेपाल एक्लो अपराजित टोली हो। अन्तिम खेलमा दिपा रोकायको कप्तानीमा रहेको नेपाल बंगलादेशलाई पराजित गर्दै च्याम्पियन हुने दाउमा छ। बंगलादेशविरुद्ध नेपाल जित या बराबरले सिधै च्याम्पियन हुनेछ। बंगलादेश भने ‘गर या मर’ को स्थितिमा छ।

डबल राउन्ड रोबिन पद्धतिमा जारी साफ च्याम्पियनसिपको शीर्षस्थानमा रहने टोली सिधै च्याम्पियन हुने प्रावधान छ। सुरुवाती तीनै खेल जितेको नेपाल तालिकामा नौं अंक सहित शीर्षस्थानमा छ। नेपालसँग पराजित बंगलादेश तीन खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा छ। भुटान भने चार खेलबाट कुनै अंक जोड्न नसक्दा पुछारमा रह्यो।

नेपाललाई च्याम्पियन बन्न बराबर मात्रै काफि हुँदा बंगलादेशलाई भने जितको विकल्प छैन। यदि बंगलादेशले खेल जितेको अवस्थामा अंक बराबर हुनेछ। गोल अन्तरमा नेपाल पछिपर्दा बंगलादेश भने स्वतः च्याम्पियन बन्नेछ। बंगलादेशको सात गोलले माथि रहेको छ।

भगवती रानामगरको प्रशिक्षणमा रहेका नेपालले पहिलो खेलमा बंगलादेशलाई ७-० अन्तरले पराजित गरेको थियो। दोस्रो र तेस्रो खेलमा नेपालले बंगलादेश र भुटानविरुद्ध संघर्षपूर्ण १-० को जित निकालेको हो। बंगलादेशले भने पहिलो खेलमा भुटानलाई ८-० ले पराजित गर्दा दोस्रो खेलमा नेपालसँग घरेलु मैदानमा पराजित भएको थियो। भुटानविरुद्ध दोस्रो खेलमा बंगलादेश ९-० ले विजयी भएको थियो।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १० : ४५ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा