बंगलादेशलाई पराजित गरे नेपाल च्याम्पियन बन्न‍े « Khabarhub

बंगलादेशलाई पराजित गरे नेपाल च्याम्पियन बन्न‍े


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साफ यु १५ महिला च्याम्पियनसिपको अन्तिम खेलमा आज (शुक्रबार) नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा हुने खेल नेपाली समय अनुसार सवा चार बजे सुरु हुनेछ।

तीन राष्ट्र सहभागी साफ च्याम्पियनसिपमा नेपाल एक्लो अपराजित टोली हो। अन्तिम खेलमा दिपा रोकायको कप्तानीमा रहेको नेपाल बंगलादेशलाई पराजित गर्दै च्याम्पियन हुने दाउमा छ। बंगलादेशविरुद्ध नेपाल जित या बराबरले सिधै च्याम्पियन हुनेछ। बंगलादेश भने ‘गर या मर’ को स्थितिमा छ।

डबल राउन्ड रोबिन पद्धतिमा जारी साफ च्याम्पियनसिपको शीर्षस्थानमा रहने टोली सिधै च्याम्पियन हुने प्रावधान छ। सुरुवाती तीनै खेल जितेको नेपाल तालिकामा नौं अंक सहित शीर्षस्थानमा छ। नेपालसँग पराजित बंगलादेश तीन खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा छ। भुटान भने चार खेलबाट कुनै अंक जोड्न नसक्दा पुछारमा रह्यो।

नेपाललाई च्याम्पियन बन्न बराबर मात्रै काफि हुँदा बंगलादेशलाई भने जितको विकल्प छैन। यदि बंगलादेशले खेल जितेको अवस्थामा अंक बराबर हुनेछ। गोल अन्तरमा नेपाल पछिपर्दा बंगलादेश भने स्वतः च्याम्पियन बन्नेछ। बंगलादेशको सात गोलले माथि रहेको छ।

भगवती रानामगरको प्रशिक्षणमा रहेका नेपालले पहिलो खेलमा बंगलादेशलाई ७-० अन्तरले पराजित गरेको थियो। दोस्रो र तेस्रो खेलमा नेपालले बंगलादेश र भुटानविरुद्ध संघर्षपूर्ण १-० को जित निकालेको हो। बंगलादेशले भने पहिलो खेलमा भुटानलाई ८-० ले पराजित गर्दा दोस्रो खेलमा नेपालसँग घरेलु मैदानमा पराजित भएको थियो। भुटानविरुद्ध दोस्रो खेलमा बंगलादेश ९-० ले विजयी भएको थियो।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १० : ४५ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी