झापा-५ मा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धी « Khabarhub

झापा-५ मा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धी


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

झापा – क्षेत्र नं ५ को निर्वाचनमा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने भएको छ। यो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका खगेन्द्र अधिकारी उम्मेदवार छन्।

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि ओली र अधिकारीसहित २५ जनाको उम्मेदवारी परेको छ। २०७४ सालमा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै प्रतिस्पर्धा भएको थियो।

त्यतिबेला अध्यक्ष ओलीलाई माओवादी केन्द्रको साथ थियो। उनले अधिकारीलाई २८ हजार ८४२ मतान्तरले पराजित गरेका थिए। गत निर्वाचनमा कांग्रेस एक्लै थियो भने यो पटक उसलाई अन्य दलको साथ छ।

ओलीले २०७४ सालमा ५७ हजार १३९ र अधिकारीले २८ हजार २९७ मत प्राप्त गरेका थिए। अघिल्लो निर्वाचनमा जस्तै ओलीलाई यो पटक पनि एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन छ।

संविधानसभाको पहिलो निर्वाचन २०६४ बाहेक २०४८ सालयता भएका कुनै पनि निर्वाचनमा एमाले अध्यक्ष ओली पराजित भएका छैनन्। संविधानसभा निर्वाचनमा भने उनी माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनसँग पराजित भएका थिए। ओली पाँच पटक लगातार यो क्षेत्रबाट निर्वाचित भएका छन्।

झापा–५ मा गत स्थानीय तहमा कमल र गौरीगञ्ज गाउँपालिकामा कांग्रेसले प्रमुख पद जितेको थियो। एमालेले गौरादह नगरपालिकामा मात्रै जितेको थियो। स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार यहाँ एमाले विगतको तुलनामा कमजोर आँकलन गरिएको छ। तथापि स्थानीय तहको जस्तो निर्वाचन नभएर आमचुनाव भएकाले त्यसले खासै असर नपार्ने विश्लेषक बताउँछन्।

वडागत रुपमा भने एमाले बलियो छ। क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा २९ वडा छन्। गौरादह नगरपालिकाको वडा नम्बर १ देखि ७सम्म एमालेले चार वटामा जितेको थियो। कांग्रेसले दुई वडामा तथा एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए।

गौरीगञ्ज गाँउपालिकामा पर्ने चार वडा वडा (३, ४, ५ र ६) मध्ये तीनमा एमालेले जितेको थियो। दमक नगरपालिकाका–१० वडामध्ये सातमा एमाले तथा दुईमा कांग्रेस र एउटामा राप्रपा विजयी भएको थियो।

यस्तै एमालेले कमल गाउँपालिकामा ३, ४, ६ र ७ मा वडाध्यक्ष जितेको थियो भने कांग्रेसले १, माओवादी केन्द्रले एउटा तथा एकीकृत समाजवादीले एउटामा जितेको थियो। स्थानीय तहमा एमालेले वडागत मत ४१ हजार ६१९ पाएको छ भने कांग्रेसले २२ हजार, माओवादी केन्द्रले १० हजार ७८८ र राप्रपाले आठ हजार ३५९ तथा एकीकृत समाजवादीले एक हजार ९८८ मत पाएको छ।

सो क्षेत्रमा राप्रपालाई जोड्ने हो भने एमाले–राप्रपा गठबन्धनले प्राप्त गरेको मत ४९ हजार ९७८ छ। सत्ता गठबन्धनको मत ३४ हजार ७७६ छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार यस निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतदाता छन्। यहाँ एक लाख ५४ हजार २८९ मतदाता छन्। दुई अन्य, पुरुष मतदाता ७६ हजार ६७ र महिला मतदाता ७८ हजार २२० छ।

यो निर्वाचन क्षेत्रमा मतदानस्थल ६१ तथा मतदान केन्द्र १७६ कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए। यो क्षेत्र एमाले अध्यक्ष ओलीका कारण लामो समयदेखि केन्द्रीय राजनीतिको मियोका रूपमा स्थापित भएको छ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १० : २१ बजे

एक्सन फिल्मले गर्लान् त रजगज ?

काठमाडौँ- बलिउड फिल्मलाई दक्षिण भारतीय फिल्महरूले छायाँमा पारेका छन् ।

आफ्नै कलहले थला परे प्रतिपक्ष, सदनमा कसले गर्ला सरकारलाई खबरदारी ?

काठमाडौँ- प्रतिनिधि सभामा कायम कुल २७५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी

भोजपुर गोल्डकप : एपीएफ र भोजपुर सेमिफाइनलमा

भोजपुर– भोजपुर गोल्डकपअन्तर्गत सोमबार भएका दुई खेलमा एपीएफ र आयोजक

वीरगञ्ज भन्सारबाट नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

आजको मौसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल