सर्लाही २ मा कांग्रेसको समर्थन राजेन्द्र महतोलाई « Khabarhub

सर्लाही २ मा कांग्रेसको समर्थन राजेन्द्र महतोलाई


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चारदलीय सत्तागठबन्धनले देशका सात निर्वाचन क्षेत्रमा लोसपासँग तालमेल गरेको छ। सर्लाही २ मा भने मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको थियो।

नेपाल समाजवादी पार्टीका महीन्द्र राय यादवले माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर उठेको र लोसपा वरिष्ठ नेता राजेन्द्र महतो त्यही निर्वाचन क्षेत्रमा उठेकाले मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको थियो।

तर, पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा सर्लाही २ मा गठबन्धनको उम्मेदवार यादव भनेर विज्ञप्ति आयो। सत्तागठबन्धनले सो निर्णयसहितको विज्ञप्ति निकालेपछि लोसपाले पार्टीगत रूपमै प्रतिवाद गरेको थियो। गठबन्धनको संयुक्त विज्ञप्तिप्रति कांग्रेसमै पनि असन्तुष्टि थियो। किनकि मित्रवत् प्रतिस्पर्धा भनेको क्षेत्रमा कसैको पनि पक्षधर लिनु उचित हुन्नथ्यो। त्यही भएर कांग्रेसमा दुई धार देखिएको थियो।

तर, अहिले कांग्रेस खुलेरै लोसपा उम्मेदवार राजेन्द्र महतोलाई जिताउन लागिपरेको छ। सो निर्वाचन क्षेत्रमा कांग्रेस नेता जंगीलाल राय प्रदेश सभा सदस्यको उम्मेदवार बनेका छन्। राय महतोको पक्षमा खुलेर लागेपछि सर्लाही २ को माहोल नै फेरिएको छ। शुक्रबार बिहान लोसपा र कांग्रेसको अगुवाइमा हरपुर्वा नगरपालिकाको बसतपुरमा राजेन्द्र महतो र जंगीलाल राय संयुक्त रूपमा घरदैलो कार्यक्रममा निस्केका थिए।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १२ : ५३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु