सर्लाही २ मा कांग्रेसको समर्थन राजेन्द्र महतोलाई « Khabarhub

सर्लाही २ मा कांग्रेसको समर्थन राजेन्द्र महतोलाई


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चारदलीय सत्तागठबन्धनले देशका सात निर्वाचन क्षेत्रमा लोसपासँग तालमेल गरेको छ। सर्लाही २ मा भने मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको थियो।

नेपाल समाजवादी पार्टीका महीन्द्र राय यादवले माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर उठेको र लोसपा वरिष्ठ नेता राजेन्द्र महतो त्यही निर्वाचन क्षेत्रमा उठेकाले मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको थियो।

तर, पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा सर्लाही २ मा गठबन्धनको उम्मेदवार यादव भनेर विज्ञप्ति आयो। सत्तागठबन्धनले सो निर्णयसहितको विज्ञप्ति निकालेपछि लोसपाले पार्टीगत रूपमै प्रतिवाद गरेको थियो। गठबन्धनको संयुक्त विज्ञप्तिप्रति कांग्रेसमै पनि असन्तुष्टि थियो। किनकि मित्रवत् प्रतिस्पर्धा भनेको क्षेत्रमा कसैको पनि पक्षधर लिनु उचित हुन्नथ्यो। त्यही भएर कांग्रेसमा दुई धार देखिएको थियो।

तर, अहिले कांग्रेस खुलेरै लोसपा उम्मेदवार राजेन्द्र महतोलाई जिताउन लागिपरेको छ। सो निर्वाचन क्षेत्रमा कांग्रेस नेता जंगीलाल राय प्रदेश सभा सदस्यको उम्मेदवार बनेका छन्। राय महतोको पक्षमा खुलेर लागेपछि सर्लाही २ को माहोल नै फेरिएको छ। शुक्रबार बिहान लोसपा र कांग्रेसको अगुवाइमा हरपुर्वा नगरपालिकाको बसतपुरमा राजेन्द्र महतो र जंगीलाल राय संयुक्त रूपमा घरदैलो कार्यक्रममा निस्केका थिए।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १२ : ५३ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका