सुदूरपश्चिममा १७ हजारबढी सुरक्षाकर्मी परिचालन « Khabarhub

सुदूरपश्चिममा १७ हजारबढी सुरक्षाकर्मी परिचालन


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गोदावरी– आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा १७ हजार आठ सय ५९ सुरक्षाकर्मी परिचालन भएका छन् ।

निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर छ हजार तीन सय सुरक्षाकर्मी परिचालन भएका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर रावलका अनुसार निर्वाचनलाई लक्षित गरेर सबै निकायका सुरक्षाकर्मी परिचालन भइसकेका छन् । 

निर्वाचनका बेला एक सय ७७ वटा मोबाइल टोली परिचालित हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बीसवटा रिजर्भ टिम तयार पारी सो टिमलाई आवश्यकताअनुसार मात्रै परिचालन हुने जनाइएको छ । मतदानस्थलमा भने निर्वाचनको दुई-तीन अगाडिमात्रै सुरक्षाकर्मी खट्नेछन् । रावलका अनुसार निर्वाचनको दिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित म्यादी प्रहरी फरक-फरक ठाउँमा तैनाथ हुनेछन् ।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार कैलालीमा दुई हजार आठ सय १२, कञ्चनपुरमा एक हजार छ सय ३२, बाजुरामा सात सय ४९, डोटीमा नौ सय ५३, डडेल्धुरामा नौ सय ३७, अछाममा एक हजार दुई सय ६८ म्यादी प्रहरी परिचालन गरिएको छ । त्यसैगरी बझाङमा एक हजार एक सय ८८, दार्चुलामा आठ सय २९ र बैतडीमा एक हजार एक सय ९१ म्यादी प्रहरी परिचालन गरिएको जनाइएको छ । 

प्रतिनिधिसभा १६ र प्रदेशसभा ३२ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा दुई हजार एक सय ४६ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये सात सय १० अतिसंवेदनशील, सात सय ७८ संवेदनशील र छ सय ५८ मतदान केन्द्र सामान्य रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

एक हजार एक सय ६१ मतदानस्थल रहेको यो प्रदेशमा सामान्यभन्दा संवेदनशील मतदानस्थलको सङ्ख्या बढी छ । अतिसंवेदनशील तीन सय ५२ र संवेदनशील चार सय चार गरी प्रदेशभरि सात सय ५६ मतदानस्थल संवेदनशील रहेका हुन् । चार सय पाँच मतदानस्थल भने सामान्य सूचीमा रहेको सुरक्षा निकायले जनाएको छ । 

 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १ : ४४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु