उम्मेदवारको प्रतिबद्धता : निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक बनाउने « Khabarhub

उम्मेदवारको प्रतिबद्धता : निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक बनाउने


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खोटाङ– वाम-लोकतान्त्रिक गठबन्धन खोटाङका उम्मेदवारहरूले निर्वाहमुखी परम्परागत खेती प्रणालीलाई व्यावसायिक खेतीमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का साझा उम्मेदवारले संयुक्तरूपमा हातेपर्चा प्रकाशन गरेर प्रतिबद्धता जनाएका हुन् । 

खेतीपाती, पशुपालन, फलफूल खेतीलाई व्यावसायीकरण गर्नका लागि पकेट क्षेत्र निर्धारण गरेर कार्यक्रम लागू गर्ने, कृषिलाई आधुनिकीकरण र व्यवसायीकरणको लागि आधुनिक यन्त्र, मल र बीउको व्यवस्था गर्ने बताएका छन् । बहुउद्देश्यीय नर्सरी स्थापना गर्न समूह, सहकारी तथा कृषि फार्ममार्फत अनुदानको व्यवस्था मिलाउने, खाद्यान्न, फलफूल र तरकारी आदि कृषि उत्पादनको लागि सकलन र शीतभण्डारण केन्द्र स्थापना गर्नुका साथै बजारीकरण र प्रशोधनको व्यवस्था गर्ने वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले प्रकाशन गरेको संयुक्त प्रतिवद्धतापत्रमा उल्लेख छ ।

कृषिमा जैविक (अग्र्यानिक) उत्पादनलाई विशेष जोड दिँदै रैथाने बालीको अनुसन्धान र संरक्षण गर्ने, कृषिजन्य उद्योग स्थापना तथा कृषि पर्यटनमा विशेष जोड दिने, हिउँदको समयमा सिँचाइको सुविधा पुर्‍याउन अग्ला ठाउँमा रिचार्ज पोखरी निमार्ण गर्ने, किसानलाई बाँदर तथा अन्य जङ्गली जनावरको अमुक्ति दिलाउन प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरी जंगली जनावरको क्षतिपूर्तिको उचित व्यवस्थापन तथा सहुलियतमा कृषि बीमा गर्नेलगायतका विषय समेटिएको छ।

वाम-लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य रामकुमार राई, प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी) तर्फबाट वीरबलकाजी राई र प्रदेशसभा (२) नेपाली कांग्रेसबाट भूपेन्द्र राई उम्मेदवार रहेका छन् । 

एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा वाम-लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा पार्टी पोलिटब्युरो सदस्य विशाल भट्टराई, प्रदेशसभा (१)मा संविधानसभा सदस्य पाँचकर्ण राई र प्रदेशसभा (२)मा जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राईले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा (१)मा स्वतन्त्रसहित आठ-आठ तथा प्रदेशसभा (२)मा छ जना चुनावी मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  २ : ४६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु