उम्मेदवारको प्रतिबद्धता : निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक बनाउने | Khabarhub Khabarhub

उम्मेदवारको प्रतिबद्धता : निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक बनाउने


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खोटाङ– वाम-लोकतान्त्रिक गठबन्धन खोटाङका उम्मेदवारहरूले निर्वाहमुखी परम्परागत खेती प्रणालीलाई व्यावसायिक खेतीमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का साझा उम्मेदवारले संयुक्तरूपमा हातेपर्चा प्रकाशन गरेर प्रतिबद्धता जनाएका हुन् । 

खेतीपाती, पशुपालन, फलफूल खेतीलाई व्यावसायीकरण गर्नका लागि पकेट क्षेत्र निर्धारण गरेर कार्यक्रम लागू गर्ने, कृषिलाई आधुनिकीकरण र व्यवसायीकरणको लागि आधुनिक यन्त्र, मल र बीउको व्यवस्था गर्ने बताएका छन् । बहुउद्देश्यीय नर्सरी स्थापना गर्न समूह, सहकारी तथा कृषि फार्ममार्फत अनुदानको व्यवस्था मिलाउने, खाद्यान्न, फलफूल र तरकारी आदि कृषि उत्पादनको लागि सकलनशीतभण्डारण केन्द्र स्थापना गर्नुका साथै बजारीकरण र प्रशोधनको व्यवस्था गर्ने वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले प्रकाशन गरेको संयुक्त प्रतिवद्धतापत्रमा उल्लेख छ ।

कृषिमा जैविक (अग्र्यानिक) उत्पादनलाई विशेष जोड दिँदै रैथाने बालीको अनुसन्धान र संरक्षण गर्ने, कृषिजन्य उद्योग स्थापना तथा कृषि पर्यटनमा विशेष जोड दिने, हिउँदको समयमा सिँचाइको सुविधा पुर्‍याउन अग्ला ठाउँमा रिचार्ज पोखरी निमार्ण गर्ने, किसानलाई बाँदर तथा अन्य जङ्गली जनावरको अमुक्ति दिलाउन प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरी जंगली जनावरको क्षतिपूर्तिको उचित व्यवस्थापन तथा सहुलियतमा कृषि बीमा गर्नेलगायतका विषय समेटिएको छ।

वाम-लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य रामकुमार राई, प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी) तर्फबाट वीरबलकाजी राई र प्रदेशसभा (२) नेपाली कांग्रेसबाट भूपेन्द्र राई उम्मेदवार रहेका छन् । 

एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा वाम-लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा पार्टी पोलिटब्युरो सदस्य विशाल भट्टराई, प्रदेशसभा (१)मा संविधानसभा सदस्य पाँचकर्ण राई र प्रदेशसभा (२)मा जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राईले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा (१)मा स्वतन्त्रसहित आठ-आठ तथा प्रदेशसभा (२)मा छ जना चुनावी मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  २ : ४६ बजे

चिनियाँ विश्लेषकले जब गङ्गाभन्दा उत्तरमा पर्ने भूभाग चीनको हुनुपर्ने बताए…

काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टीनिकट एक जना राजनीतिक विश्लेषकले भारतको गङ्गा

स्रोत साधनको अधिकतम उपयोगमार्फत समृद्धितर्फ अगाडि बढ्न सकिन्छ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा भएका स्रोत साधनको

मौसम विभागले भन्यो- एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन

शेरधनको तर्क- ओलीलाई विस्थापित गर्न पूर्वराष्ट्रपति आउने होइन, राजनीति गर्ने इच्छा देखाउनु भएको छैन

काठमाडौं- नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपति

विश्व बैंकको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन

गण्डकी– नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा तीन