स्थानीय तहमा नमूना मतदान कार्यक्रम | Khabarhub Khabarhub

स्थानीय तहमा नमूना मतदान कार्यक्रम


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुम्ला– मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला निर्वाचन कार्यालयले जिल्लाका दुई स्थानीय तहमा नमूना मतदान कार्यक्रम गरेको छ । यहाँको सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा नमूना मतदान कार्यक्रम गरिएको उक्त कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए ।

सिन्जामा ३७ जनाले नमूना मतदान गरेकामा आठ मत बदर भएको कनकासुन्दरीमा ४८ जनाले मतदान गरेकामा १२ मत बदर भएको सूचना अधिकारी अविन्नद चौलागाईँले बताए ।  उक्त मतदानमा ८५ जना सहभागी भएका भएका थिए  । 

नमूना मतदानमा जम्मा २० मत बदर भएका छन् । दुवै स्थानीय तहको बदर भएका मतपत्र केलाएर हेर्दा छाप लगाएर मतपत्र पट्याउन नजानेको, दुई कोठामा छाप लगाएको र दुई चिह्नमा छाप लगाएको देखिएको बताइएको छ । नमूना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ ।

जिल्लाका सबै वडामा मतदाता शिक्षा सञ्चालन भएको र नमूना मतदानबाट पनि मतदानका विषयमा जानकारी दिने लक्ष्य लिइएको उक्त कार्यालयका प्रमुख शर्माले जानकारी दिए । जिल्लाभर कुल एक सय छ मतदान केन्द्र, ८३ वटा मतदानस्थल र दुई अस्थायी मतदानस्थल कायम गरिएको छ ।

जिल्लामा कुल ६८ हजार छ सय ३८ मतदाता छन् । प्रदेशसभा निर्वाचन ९१० मा ३६ हजार सात सय ८३ र प्रदेशसभा ९२० मा ३१ हजार आठ सय ५५ मतदाता रहेको कार्यालयले जनाएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभासदस्यका लागि निर्वाचन हुँदै छ ।  

कारागारबाट भोट हाल्दै

उक्त निर्वाचनमा जिल्ला कारागारबाट १४ कैदीबन्दीले अस्थायी मतदाताका रूपमा भोट हाल्न पाउने भएका छन् । नेपाल सरकारले कैदीबन्दीलाई पनि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरेपछि कारागारमा एक सय सात कैदीबन्दीमध्ये १४ जनाले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका कारागार प्रमुख विष्णुबहादुर महतले बताए । निर्वाचन आयोगले माग गरेबमोजिम कारागारबाट एक सय सात बन्दीको नामावली पठाइएकामा १४ जनाको अन्तिम नामावलीमा नाम देखिएका निर्वाचन कार्यालयका प्रमुख शर्माले जानकारी दिए ।

यसैगरी जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारीसहित एक हजार मतपत्र समानुपातिकतर्फ आएको छ । जिल्लामा एक सय छ मतदान केन्द्र, ८३ वटा मतदानस्थल र दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ४ : ०५ बजे

स्रोत साधनको अधिकतम उपयोगमार्फत समृद्धितर्फ अगाडि बढ्न सकिन्छ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा भएका स्रोत साधनको

मौसम विभागले भन्यो- एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन

शेरधनको तर्क- ओलीलाई विस्थापित गर्न पूर्वराष्ट्रपति आउने होइन, राजनीति गर्ने इच्छा देखाउनु भएको छैन

काठमाडौं- नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपति

विश्व बैंकको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन

गण्डकी– नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा तीन

२२ महिनामा ४७ व्यापारीविरुद्ध मुद्दा दायर

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो ४७