वाग्मती नदीमा एक लाख माछाका भुरा छाडियो « Khabarhub

वाग्मती नदीमा एक लाख माछाका भुरा छाडियो


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बागमती– प्राकृतिक जलाशय तथा नदी नाला र खोलामा  माछाको  अभाव हुन नदिने उद्देश्यले मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको छ । हाल त्यहाँ माछाको कमी हुँदै गएको छ । मकवानपुरको बागमती गाउँपालिकास्थित झुरझुरेमा बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन केन्द्रको कार्यालय हेटौँडा मकवानपुरले जनाएको छ । 

सो कार्यालयको आयोजनामा बागमती नदीमा एक लाख रहु र नैनी जातका माछाका भुरा छाडिएको हो । कार्यालय प्रमुख सरोजकुमार यादव तथा बागमती गाउँपालिकाका अध्यक्ष  सर्केश घलानद्वारा संयुक्तरूपमा माछाका भुरा नदीमा छाडिएको हो । प्रमुख यादवले प्राकृतिक जलाशयमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नका लागि स्थानीय जातको माछा छोड्ने कार्यक्रम गरिएको जानकारी दिए ।

नेपालमा हाल चार लाख एक हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र उत्पादन हुने कूल ९७ हजार मेट्रिकटन माछामध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने गरेको बताए । सोमध्ये प्राकृतिक जलाशयमा चार लाख जनसङ्ख्या निर्भर रहेको यादवको भनाइ छ । 

सोही अवसरमा गाउँपालिका अध्यक्ष घलानले वर्तमान समयमा खोलानालामा विभिन्न विद्युतीय उपकरणको प्रयोग र कलकारखानाबाट फालिएको विभिन्न रसायनका कारण खोलानालामा माछाको सङ्ख्या घट्नुका साथै विभिन्न जातका माछा लोप भइरहेकाले यस कार्यलाई सबैले मिलेर रोक्नुपर्ने आग्रह गरे।

उक्त कार्यालयले यसअघि नारायणी नदीमा ४० हजार माछाका भुरा, मकवानपुरको सामरी नदीमा पनि ३४ हजार माछाको भुरा चालु आर्थिक वर्षमा छाडेको थियो । आर्थिक वर्ष २०७९/०८० को कार्यालयको कार्यतालिकाअनुसार कोसी, कर्णाली, सप्तकोसी र कालीगण्डकी नदीलगायतका नदीमा भुरा माछा छाड्ने कार्यक्रम रहेको प्रमुख यादवले भने । सो कार्यालयमा बजेट र जनशक्तिको अभावले काम गर्न समस्यासमेत रहेको त्यहाँका कर्मचारी बताउँछन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ५ : ४६ बजे

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको

चारआली ओभरपास : ५० प्रतिशत काम सम्पन्न

झापा – एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन

केप भर्डेका गोलकिपर भोजिन्हामाथि इन्टर मियामीको नजर

काठमाडौं – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा

एनपीएल अक्सनबाट ५२ खेलाडी छनोट हुने, अन्तिम सूचीमा १५५ खेलाडी

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर