काठमाडौँ-८ लाई सांस्कृतिक राजधानी बनाउँछौँ : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

काठमाडौँ-८ लाई सांस्कृतिक राजधानी बनाउँछौँ : मन्त्री श्रेष्ठ


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ निर्वाचन क्षेत्र नं ८ लाई सम्पदाको राजधानीका रूपमा स्थापित गराउने प्रतिबद्धता जनाएका छन् । सो निर्वाचन क्षेत्रका बाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारसमेत रहेका मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई सांस्कृतिक तथा प्राकृतिक र मूर्त, अमूर्त सम्पदालाई केन्द्रित गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता जनाएका हुन् ।

विश्व सम्पदा हनुमानढोकादेखि विश्व सम्पदा स्वयम्भूसम्म सम्पदा मार्ग निर्माणकार्य सम्पन्न गर्न पहल गर्ने र काठमाडौँ निर्वाचन क्षेत्र नं ८ भित्रका सांस्कृतिक सम्पदा भएका विभिन्न स्थानलाई क्रमैसँग सम्पदा मार्ग विस्तार गर्दै लैजान पहल गर्ने उनले प्रतिबद्धता पत्रमा समावेश गरेका छन् । 

नेपाल सम्वत्काे इतिहाससँग जोडिएको लखतीर्थलाई राष्ट्रिय विभूति शङ्खधर साख्वाको जीवनीसँग जोडेर ऐतिहासिक स्थलका रूपमा विकास गर्न पहल गर्ने, पानीको वैकल्पिक व्यवस्थापनका लागि आकाशे पानी संकलनलाई अभियानका रूपमा सञ्चालन गर्ने नेता श्रेष्ठको चुनावी प्रतिवद्धतापत्रमा उल्लेख छ ।

पर्यटन व्यवसायलाई उद्योगका रूपमा स्थापित गर्न आवश्यक नीति निर्माण गर्ने, खेल पर्यटन विकास गर्ने, एकीकृत बस्तीको विकास गर्ने, नेपाललाई बाह्रै महिना पर्यटकीय गन्तव्य स्थलका रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउने, युवालाई पर्यटन व्यवसायमा आधारित सीपमा दक्ष बनाउन तालिमको व्यवस्था गर्ने र हरेक वडामा रोजगार परामर्श केन्द्र स्थापना गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सम्झौता गर्ने पवित्र स्थलका रूपमा स्थापित गर्न पहल गर्ने, सातवटै प्रदेशमा रहेका पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण स्थललाई पूर्वाधार विकास गरी पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने, हनुमानढोका परिसरमा खुला क्षेत्र विस्तार गरी रमणीयस्थल बनाई पर्यटकलाई आकर्षित गर्न पुरानो हनुमान ढोका प्रहरी परिसर कार्यालयको भवन खुला राख्ने, पर्यटकीय र सार्वजनिकस्थलमा सम्पदामैत्री र वातावरणमैत्री स्मार्ट शौचालय निर्माणसमेत गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ । 

युवालाई स्वरोजगारको लागि सीपमूलक प्रशिक्षणको व्यवस्था मिलाउने, मठ मन्दिरका गुरु, पुजारी वहावहीका प्रमुख एवं परम्परागत बाजा, नृत्य सिकाउने गुरुलाई प्रोत्साहन गर्ने, पर्यावरण संरक्षणका लागि वृक्षको संरक्षण र वृक्षरोपणलाई अभियानका रूपमा सञ्चालन गर्ने वाचा गरिएको छ । काठमाडौँ-१३ र नागार्जुन नगरपालिकास्थित कर खुसी मनमती खोलालाई व्यवस्थित गरी ट्राफिक व्यवस्थापन सहज बनाउन करिडोर विकास योजना सञ्चालन गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ७ : २० बजे

मौसम विभागले भन्यो- एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन

शेरधनको तर्क- ओलीलाई विस्थापित गर्न पूर्वराष्ट्रपति आउने होइन, राजनीति गर्ने इच्छा देखाउनु भएको छैन

काठमाडौं- नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपति

विश्व बैंकको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन

गण्डकी– नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा तीन

२२ महिनामा ४७ व्यापारीविरुद्ध मुद्दा दायर

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो ४७

हिम स्टार ऊर्जाको आईपीओ शुक्रबारबाट निष्काशन हुने 

काठमाडौं– हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर