राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक : नारायणकाजी श्रेष्ठ « Khabarhub

राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक : नारायणकाजी श्रेष्ठ


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भरतपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । चितवनको माडीमा भएको लोकतान्त्रिक–वाम गठबन्धनका अगुवा नेता तथा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा उनले इतिहासको विभिन्न कालखण्डमा दलहरूबीच एकता गरिएको उल्लेख गर्दै अहिलेको आवश्यकताले गठबन्धन निर्माण गरिएको बताए ।

उनले देशमा दुई खालका गठबन्धन प्रतिगमन र अग्रगमन बीचको लडाइँमा अग्रगामीहरूले विजयी हासिल गर्नुपर्ने धारणा राखे । संविधान र लोकतन्त्रको रक्षासँगै विकास र समृद्धिका लागि गठबन्धनमा केन्द्रीकृत हुन उनले पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

जनताको आवश्यकता पूरा गर्न एकीकृत हुने विषय प्राकृतिक गठबन्धन नै भएको उनको दाबी छ । तत्कालीन समयमा शान्ति प्रक्रियादेखि नै गठबन्धन भएको स्मरण गराउँदै उहाँले स्थायी सरकार निर्माण गर्न गठबन्धनका दलहरू एकतामा जोडिनुपर्ने उनको तर्क छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १० : १३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु