डोटी भूकम्प पीडितलाई राहत रकम हस्तान्तरण | Khabarhub Khabarhub

डोटी भूकम्प पीडितलाई राहत रकम हस्तान्तरण


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

डोटी – दिपायल, खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पबाट घर भत्काउँदा च्यापिएर मृत्यु भएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।

डोटी जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहरालाई रु चार लाख, विस्नादेवी बोहरालाई रु तीन लाख र महावीर बोहरालाई रु दुई लाख घटनास्थलमा गई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

त्यस्तै पूर्ण क्षति भएका १८ घरपरिवारलाई टेन्ट, ब्ल्याङ्केट, खाद्यान्न उपलब्ध गराइएको छ । सायल गाउँपालिकामा ३०/३० थान त्रिपाल र ब्ल्याङ्केट पठाइएको र पूर्वीचौकीको सिमलडाँडाका १० घरपरिवारलाई कात्तिक २६ गते राहत सामग्री पठाउन व्यवस्था मिलाइएको प्रजिअ कल्पना श्रेष्ठले बताए । स्थानीय तहको प्राविधिक, नजिकको प्रहरी एकाइ र रेडक्रसको संलग्नतामा भौतिक क्षतिको प्रारम्भिक विवरण सङ्कलन भइरहेको प्रशासनले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी विभिन्न निर्णयका साथै भौतिक क्षतिको सर्भे, मूल्याङ्कनका लागि प्राविधिक कर्मचारी पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध गरिएको पनि जनाइएको छ । भूकम्पबाट जिल्लाका अन्य पालिकाहरूमा घरहरू चर्केको तथा भत्केको भए पनि पूर्वीचौकी र सायल गाउँपालिकामा बढी भौतिक क्षति पुगेको छ । पूवीचौकी गाउँपालिकामा मान्छे नबस्ने दुई घरसहित ३० घरमा पूर्ण क्षति भएको छ भने अन्य धेरै घरहरू चर्केको निरीक्षण टोलीले जनाएको छ ।

सो निरीक्षण टोलीमा प्रजिअ श्रेष्ठ, पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, स।प्र।उ।वीर सिंह शाहु, प्र.अ.अ. डिगम्वर गिरी, रेडक्रस सोसाइटीका सभापति लक्षि कुँवर सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १० : ४९ बजे

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आजदेखि, २५ देशका विज्ञ सहभागी हुँदै

काठमाडौं– जलवायु जोखिमको अवस्थालाई मध्यनजर गर्दै नेपालमा आजदेखि अन्तर्राष्ट्रिय संवाद

लैङ्गिक हिंसाविरुद्ध प्रतिकार्य आयोजना शुभारम्भ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र माल्दिभ्स,

गण्डकी सरकारविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज पनि

कान्तिपुरका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा

धनुषा – नागरिकताको अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका

क्यानडामा नेपाली पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौं– आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन