बागमती सफाइको पाँच सय हप्ता : २० हजार टन फोहर संकलन « Khabarhub

बागमती सफाइको पाँच सय हप्ता : २० हजार टन फोहर संकलन


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत बागमती नदी सफाइको पाँच सय हप्ता नाघेको छ । यस अवधिमा सफाइ गरेर बागमतीबाट करिब २० हजार टन फोहर निकालिएको छ ।

विसं २०७२ जेठ ५ गते बागमती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा सफाइ गरिँदै आएको छ । साप्ताहिक रुपमा यसरी सफाइ गर्दा पनि अत्यधिक फोहर निकाल्ने गरिएको सफाइ महाअभियानले जनाएको छ । सफाइ महाअभियान सुरु भएको पाँच सय हप्ता पूरा हुँदा पनि बागमती पूर्ण रुपमा सफा हुन सकेको छैन । सर्वसाधारणले बागमतीमा यसरी फोहर फाल्ने हो भने जति सफाइ गरेपनि कहिल्यै सफा बन्दैन । फोहर फाल्नेलाई जरिवाना गरिने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।

महाअभियान सुरु भएको साढे सात वर्षमा करिब १५ लाख अभियानकर्मीले स्वयंसेवकका रूपमा बागमती नदीको फोहर सङ्कलन गरेका छन् । स्वतः स्फूर्तरुपमा स्वयंसेवी अभियानमा सहभागी हुँदै आएका छन् । सफाइमा संलग्नलाई विभिन्न आरोप लगाउने काम भइरहेको अभियानकर्मी राम साह बताउँछन् ।

सफाइ महाअभियान चलेपछि नदी किनारमा १० हजारभन्दा बढी बिरुवा रोपिएको छ । वृक्षरोपणका कारण नदी किनारमा हरियाली छाएको छ । जागरणमूलक बागमती सफाइ महाअभियानबाट प्रभावित भएर मुलुकभर १०० भन्दा बढी स्थानमा सफाइ अभियान सुरु गरिएको छ । यसबाट नदीको सौन्दर्य बढेको साह बताउँछन् ।

सफाइ महाअभियानबाट नदी किनारको अतिक्रमित जग्गा फिर्ता गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमार्फत बागमती नदी किनारको दायाँ बायाँ २७ किलोमिटर ढल निर्माण गरिएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सुरु भएको बागमती सौन्दर्यीकरण कार्यक्रम नदी किनारमा रहेका सुकुम्बासीका कारण प्रभावित भएको छ ।

अधिकार सम्पन्न बागमती समितिको सञ्चालक सदस्यसमेत रहेकी सफाइ अभियानकर्मी डा माला खरेल नदी किनारका सुकुम्बासीको व्यवस्थापन गरेर सुन्दरता बढाउन सूचना सार्वजनिक गरी काम भइरहेको बताउँछिन् । काठमाडौँ महानगरपालिकाको समेत सहयोग लिएर छिटो सुन्दरता बढाउनका लागि नदी किनारका सार्वजनिक जग्गा खाली गर्न लागिएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १ : ५२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले