‘फूलको थुँगा’मा रोमान्टिक अनमोल र सुहाना | Khabarhub Khabarhub

‘फूलको थुँगा’मा रोमान्टिक अनमोल र सुहाना


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी नयाँवर्षको अवसर पारेर वैशाख १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीत ‘फूलको थुँगा हौ कि’ सार्वजनिक भएको छ । अभिनेत्री झरना थापा निर्देशित फिल्मको गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर, रवि मल्लको शब्द र कल्याण सिंहको संगीत छ ।

शे–फोक्सुन्डोमा खिचिएको गीतको भिडियोमा अनमोल केसी र सुहाना थापा फिचर्ड छन् । गीतमा यो जोडीलाई निकै रोमान्टिक मुडमा देख्न सकिन्छ ।

सुनीलकुमार थापा निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, मित्र डि. गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व छ । फिल्मको कथा झरना थापा र स्वर्गीय छेतन गुरुङले लेखेका हुन् । पटकथा र संवादमा उनीहरुलाई मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ११ : ४० बजे

एकल प्रदर्शनकर्ता चापागाइँलाई भेटिन् शिक्षामन्त्रीले

काठमाडौं– शिक्षामन्त्री सुमना श्रेष्ठले ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’

बायर लेभरकुजन : जसले एकै खेल नहारी जित्यो लिग, अझै दुई फाइनल खेल्दै

काठमाडौं- जर्मन बुन्डेस लिगा क्लब बायर लेभरकुजनले कुनै पनि खेलमा

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : पोख्रेल

दाङ– नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने

प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

काठमाडौं– सहकारी ठगी प्रकरणको छानबिनका बारेमा गठन गर्न लागिएको संसदीय

भक्तपुर एमालेमा दोहोरिए बचन देउजा, महेश बस्नेतलाई धक्का

भक्तपुर- नेकपा एमाले भक्तपुरको अध्यक्षमा बचन देउजा दोहोरिएका छन् ।